दार्चुला : बाढी पहिरोले देशभर प्रभाव पारेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिवार सूचना जारी गर्दै बाढी र पहिरोको असर सबैतिर भएकोले तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार मंगलवारसम्म विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’
यो खबर तपाईंलाई कस्तो लाग्यो?