दार्चुला : राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको अध्यक्षमा मुकेश बहादुर पाल चयन भएका छन्। युवा संघ दार्चुलाको आठौँ अधिवेशनबाट पाल अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा ललित सिंह खत्री, सचिवमा सुरेश सिंह महरा, सह सचिवमा रविन्द्र सिंह धामी, कोषाध्यक्षमा निरुता ओड चयन भएका छन् ।
पालको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचित उपाध्यक्ष ललित खत्रीले जानकारी दिए । शनिवार दार्चुला सदरमुकाममा सम्पन्न अधिबेशनबाट युवा संघको नेतृत्व चयन गरिएको हो ।
राष्ट्रिय युवा संघका जिल्ला संयोजक महेश भण्डारीको अध्यक्षतामा उद्घाटन भएको अधिवेशन सत्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतता रहेको थियो ।
यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा युवा संघ इन्चार्ज राजीव पहाडी, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारी, एमाले प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, उमेश सिंह खत्री, हिरा सिंह धामी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?