लेख : विश्वव्यापी रूपमा लोकतन्त्र प्राप्तिको लागि भएका क्रान्ति, आन्दोलन, विद्रोह र संघर्षको इतिहास पल्टाउदा नेपालको लोकतान्त्रिक आन्दोलन प्राथमिकता, नेपाली जनताको बलिदान, त्याग, निष्ठा र समर्पणको जगमा विकसित भएको पाइन्छ । सहायकत : अन्तराष्ट्रिय सहयोग, समर्थन सहानुभूतिलाई समेत अस्वीकार गर्न सकिदैन् । लखन थापा देखि मात्र सहादतको गणना गर्ने हो भने पनि त्यो अंकगणित लाखौको नजिक पुग्छ, यद्धपी त्यो भन्दा पूर्व नेपाली स्वाधिनता रक्षाको लडाइँमा छाती थाप्ने बीर विरङ्गनाहरूको सहादतको श्रृङ्खला झनै स्मरणीय छ । जेल, नेल, यातना, प्रताडना, अङ्गभङ्ग, सर्वस्व, प्रवासनका खाताहरूको फेहरिस्त पनि लामो छ ।
तर दुर्भाग्य क्रान्ति, आन्दोलन र विद्रोहको भड्डीबाट विकसित दलका नेताहरू, विपी कोइरालालाई अपवादमा छोड्दा, बाँकी कसैले पनि जनताको अवस्था परिवर्तनमा अग्रसरता र विश्वास जगाउन सकेनन र सकिरहेका छैनन् । त्याग र संघर्षको बिरासत सहित ०४६ पछि नेपाली राजनितिको प्रमुख भुमिकामा पुगेको नेपाली काँग्रेस र एमालेका नेताहरू ६२/६३ पछि बलिदानी पुर्ण विद्रोहको विरासत सहित थपिएका माओवादीका नेताहरू सवै जसरी पनि चुनाव जित्ने र जसरी पनि सत्तामा जाने अंकगणितको खेल नै लोकतन्त्र हो भन्ने मुल्य स्थापित गर्न तल्लिन छन, आवधिक निर्वाचन बोली बजारमा परिणत छ । वडा अध्यक्षको निर्वाचन लड्न न्युनतम २० लाख, माननीय लड्न न्युनतम ५ करोड, त्यस माथि टिकटको पनि खरिद बजार, अनि नारा सबै संग सुशासनको, पार्टी चलाउन, चुनाव लडन, दलालबाट बिटो, तस्करबाट विटो, ठगबाट बिटो बटुल्ने अवस्था कायम रहकै कारण हाम्रो लोकतन्त्र Commercial Democracy मा कलमि भइरहेको छ, यहि कलमितन्त्रका कारण यति गौरव पूर्ण बलिदान, स्वरुप प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्र प्रति र प्राप्तिमा नेतृत्व गर्ने दलहरू र दलका नेताहरू प्रति जनताको असन्तुष्टि विविध स्वरूपमा प्रकट भइरहेको छ र लोकपृयतावादले प्रसय पाइरहेको छ ।
नेपाली जनताको यस्तै असन्तुष्ट मनोविज्ञानमा च्वास्स छुने गरी ‘नो नट अगेन’, जान्नेलाई छान्ने, जस्ता नारा सहित संचारकर्मी रवि लामिछानेको २०७९ को निर्वाचनमा नेपाली राजनीतिमा उदय भए । विकृति, बिसंगती, अनियमितता र भ्रष्टाचार माथि संचारकर्मीको भूमिकामा रविले गर्ने गरेको प्रहार साच्चिकै स्मरणीय छ, यहि क्रेजका कारण उनी असन्तुष्ट जनमतका नायक मात्रै बनेनन् उनले लोकपृय व्यक्तिहरूलाई जोडर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी आम निर्वाचनमा पुराना दलहरूलाई जिल ख्वाउदै ६ महिनाको अवधिमै संसदको चौथो दल र आक्रषणका दृष्टिले प्रथम दल बनाए । रविको उपस्थिति ले पुराना दलहरूलाई सच्चिने की ? सक्किने ? को बहसमा घिसार्यो भने, आम जनताको लागि वैकल्पिक छनौटको सुविधा देखा पर्यो ।
ओरालो यात्रा
जीव विज्ञानको नियम रविको राजनैतिक जीवन विज्ञानमा लागू भयो, “जुन जीवको विकास जति चाँडो गतीमा हुन्छ त्यो जीवको मृत्यु पनि सोही गतीमा हुन्छ“ संचारकर्मी रवि लोकपृय जरूर थिए, तथापी उनको पारिवारिक र व्यवसायिक जीवन त्यति बेला पनि अपारदर्शी नै थियो, त्यही लोकपृयताको आवरणले उनका स्क्यानडलहरू छोपिएर थाती बासी भइ थन्किए । संचारकर्म त्यागी पार्टी सभापति र माननीय भएका रवि निर्वाचन पश्चात सत्तामा जान हतार गर्दैनन भन्ने सबैले गरेको अनुमान विपरित, माओवादी–एमाले गठबन्धनमा गृह मन्त्रालय र आफै गृहमन्त्री बन्ने गरी सहभागी भए, दोहोरो नागरिकताको आरोप छताछुल्ल भयो तर गृहमन्त्रीबाट उनले राजिनामा दिएनन् ।
सम्मानित अदालतले उनको नेपाली नागरिकता नभएका कारण सांसद पद खारेज गर्यो र उनले पुनः नेपाली नागरिकता लिई उपनिर्वाचन लडे र जनताले झन बलियो जनमत साथ उनलाई चुनाव जितायो । देश भरी र खास गरी केही चर्चित सहकारीहरूबाट ठगिएका पीडितहरूले सम्बन्धित निकायमा उजुरी गर्ने आन्दोलन गर्ने र सरकारको ध्यानआक्रषण गर्ने लहर संगै संसदीय समिति, संसद लगायत राज्यका अनुसन्धान गर्ने निकायमा सहकारी ठगी, छलफल र अनुसन्धान को विषय बन्यो, अनुसन्धानको लागि केही व्यक्तिहरू थुनिने क्रम संगै रवि लामिछाने प्रवन्ध निर्देशक र सेयर होल्डर रहेको गोर्खा मिडियाका जीवी राई, रवि लामिछाने लगायतहरूको सहकारी ठगीमा सहभागिता स्पष्ट हुने एक पर्छ ।
अर्को प्रमाणहरू सार्वजनिक भइरहेकै समयमा सत्ता गठवन्धन परिवर्तन भयो र रविले गृह पाए मात्रै सरकारमा जाने अड्डी राखिरहे, केपी, प्रचण्डले स्वार्थ बाँझिने गरी उनलाई गृह दिइदा लामो बहस पछि ‘टिओआर’ तोकेर संसदीय छानविन समिति गठन भई प्रतिवेदन संसदबाट पारित भई सरकारले कार्यान्वयनमा लग्ने निर्णय गरी पुर्व डिआइजी छवि लाल जोशीलाई थुनामा समेत राखि सकेको छ । प्रतिवेदनले जिवी राई रवि लामिछाने छवि जोशीलाई कार्वाहीको प्रष्ट सिफारिस गरेको छ । गोर्खा मिडिया पूर्ण रूपमा ठगि, जालसाँझीमा खडा गरेको कम्पनी भनेर निष्कर्ष निकालेको अवस्थामा रवि भने क्लिन चिट पाए भनेर स्याल हुय्या मचाउँदैछन, अझ गगनलाई इङ्गित गर्दै उनलाई जोगाउन मलाई थुन्न सक्छन भन्दै नटवर शैलीको निरन्तरतामा छन । सत्तामा जाने हतारो, मलाई त्यही केटी चाहिन्छ भन्ने गीतको बोल झै गृहको रोजाई, झुठ माथि झुठको श्रृङ्खलाले रविको ओरालो यात्रा प्रष्ट देख्न सकिन्छ ।
गगन प्रतिको गनगन
पछिल्लो समय नेपाली मिडिया साथै सामाजिक संजाल सहकारीमय र त्यस माथि गगन र रवि मय भएको देखिन्छ । रवि स्वयमले गगन तिर इङ्गित गर्दै कसैको राजनीति जोगाउन मलाई न्याक्न खोजिदैछ भनि बोेलेको बोली सार्वजनिक भएको छ, रवि समर्थकहरूले गगनले राजनीति कहिले छोड्छन ? भन्दै रविलाई चोख्याउने र गगन लाई पतित गर्ने ढंगबाट संजाल तताई रहेका छन । गगनले आफू संलग्न पार्टीको आधिकारीक फोरम मार्फत संसदीय समितिको प्रतिवेदनको भाव प्रष्ट पार्ने बाहेक थप दोहोरी खेलेका छैन र पनि गगन समर्थकहरूले रवि र रवि समर्थकहरूको प्रतिबाद गरि रहेका छन् ।
प्रायः सबै कानून व्यवसायी, विश्लेषक, बुद्धिजीवीहरू रविको क्लिन चिटको दाबी सगं असहमत छन्, मतलब रवि यो बिराट अपचलनका मास्टर माइन्ड हुन भन्नेमा कोही नरम छन भने कोहि गरम छन् । थुनामा रहेका छवि लगायतले गरेको बयान र अनुसन्धानले रविको भुमिका खुल्ने प्राय निश्चित छ, जीविलाई नेपाल ल्याउने बित्तिकै झन यो प्रकरण उदागं हुने नै छ, तर वर्तमानमा भने रवि र समर्थकहरूको गनगन गगन प्रति नै देखिन्छ ।
हुन त भुतकालमा गगन र रविको निकटता बारे दुवैले थियो भनि सार्वजनिक रुपमा स्विकार गरेका पनि छन, हाल रविको पार्टीमा रहेका महत्वपुर्ण पात्रहरू हिजो गगनको सहयात्री रहेको विषय पनि लुकेको छैन, गगन र रविको गत निर्वाचनमा भित्री साँठगाँठको विषय पनि यदाकदा सुनिएकै विषय हो, यिनै तथ्यहरूको आधारमा रवि र गगनको विश्लेषण गर्ने हो भने सोध प्रतिशोध रहेछ भनेर दुबैलाई एउटै ड्याङको भनि टुङ्ग्याउन सकिन्छ, तर चरित्र, प्रवृत्ति र सक्षमताको कसीमा लेखाजोखा गर्ने हो भने, गगनको राजनैतिक चरित्र निर्माण १२/१३ वर्षको उमेरमा कक्षा ९ पढदै गर्दा सुरू भई विद्यार्थी नेता, गणतान्त्रिक आन्दोलनको सडक नेता, पार्टीको नेता, माननीय, मन्त्री हुदै अधिकासं नेपालीहरूले चाहेको संभावित प्रधानमन्त्रीसम्म विकसित भएको छ ।
राजनीतिको यो लम्बे यात्रामा उनले सबै तवरबाट नेपालका थोरै नेताहरूले बनाएको निष्कलङ्कताको छवी बनाएका छन, बाख्रा बाख्रा भनेर बसीबियालो गर्ने जमात त छ, तर त्यो आत्मरती मात्र भएको सबैले बुझेका छन् । प्रवृतिगत रूपमा हेर्दा उनले जहिले पनि प्रगतिशील मुद्धा समात्ने र गतिशील रहने इमेज खडा गरेका छन, निर्भकता उनको अर्को विशेषता बनेको छ, आफ्नो पार्टी भित्र टावर पर्शनालिटी गिरिजा प्रसाद देखि शेर बहादुर हुदै राजा ज्ञानेन्द्र सम्मलाई बैचारिक टक्कर दिने प्रदिप गिरी पछी गगन नै देखिएका छन्, पछिल्लो समय लोकपृय मान्छेले गलत गर्दा पनि डरले मुख खोल्न नसक्ने पपुलिज्म फोबियाले नेपाली राजनीति र बौध्दिक समाज ग्रसित भइरहँदा सदनमा रविको विरूद्धमा जबरजस्त आवाज उठाउने साहस पनि गगनले नै प्रस्तुत गरेका छन् । विद्यार्थी आन्दोलन, सांसद, मन्त्री, पार्टीको महामन्त्री समाल्दा औसत भन्दा राम्रो सक्षमता पनि उनले प्रमाणित गरेका छन, अध्यनशीलता, सिक्ने र गर्ने भोक उनको बिशेषता बनेको छ, यिनै गुणहरूका कारण धेरैले गगनमा भविष्य देखेका छन, भरोसा गरेका छन साथसाथै यिनै विशेषताहरूका कारण उनी पार्टी भित्र र बाहिर निशाना पनि बनेका छन, गगनको गुणगान गरिरहदा, गगनलाई देवत्वकरण गर्नु भने भूल हो, उनलाई सदा खबरदारी र जवाफदेही बनाउनु नै पर्छ, तर रवि र रविका समर्थकहरूले गगनलाई जोगाउन रविलाई फसाउने भन्ने जुन भाष्य बनाएका छन यसमा भने रत्ति दम छैन् ।
गगनलाई जोगाउनु पर्ने के विषयमा हो ? उनले सहकारी ठगेका हुन ? उनले दोहोरो नागरिकता पासपोर्ट राखेका छन ? उनको अमेरिकाको अदालतमा कति मुद्धा छन ? वा यी बाहेक के कारणले उनको राजनीति खतरामा हो ? रवि र समर्थकहरूले स्पष्ट गर्न किन ढिला ? जहाँ सम्म गगनले यो मुद्धा नउठाएको भए रविलाई हाइसन्चो त हुन्थ्यो होला तर लाखौँ सहकारी पीडितहरुले दुःख गरी गरेको बचत को के हुन्थ्यो ? त्यसकारण माननीय रवि ज्यू गनगन गरेर होइन, सहकारी पीडितहरू संग माफी माग्नुस, जानेर नजानेर भएको यो अपचलनको अनुसन्धानलाई दिल खोलेर सहयोग गर्नुस तब मात्रै ‘नो नट अगेन’, जान्नेलाई छान्ने भन्दै तपाईले लगाएको नारालाई समर्थन गर्दै घन्टीमा मतदान गर्ने र जय घन्टी भन्नेहरू प्रति न्याय हुनेछ ।
लेखक : पुलेन्द्र बहादुर कार्की । उनी नेपाली काँग्रेस दार्चुलाका सचिव एवं निवर्तमान दुहुँ गाउँपालिकाका अध्यक्ष हुन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?