दार्चुला : दार्चुलामा चरेससहित एक होटल सञ्चालक पक्राउ परेका छन् । आइतवार दिउँसो जिल्लाको महाकाली नगरपालिका–४ स्थित बाणिज्य बैंक अगाडी पसल संचालन गरेका दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलम सिंह डडाल पक्राउ परेका हुन् ।
डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.४० ग्राम र उनको विद्यानगर टोलस्थित घरबाट १०.४६ ग्राम गरि कुल ६३.८६ ग्राम लागूऔषध चरेससहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै उक्त पसलबाट केही मात्रामा अबैध घरेलु मदिरा बरामद गरिएको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?