दार्चुलामा सुपथ छुट मूल्य पसलबाट ५ सय ६० क्विन्टल चामल बिक्री

दार्चुलामा सुपथ छुट मूल्य पसलबाट ५ सय ६० क्विन्टल चामल बिक्री


दार्चुला : दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५ सय ६० क्विन्टल बढी चामल बिक्री गरेको छ । यहि असोज ४ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ छुट मूल्य पसलबाट पाँच सय ६० दशमलव २५ क्विन्टल चामल बिक्री भएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख जयकिसन प्रसाद चौधरीका अनुसार असोज २३ गतेसम्म शाखा कार्यालयबाट ४ सय ७० क्वीन्टल र अपिहिमालस्थितको खण्डेश्वरी डिपो कार्यालयबाट ९० दशमलव ३ क्विन्टल चामल छुट मूल्यमा बिक्री भएको छ ।

दार्चुलाका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीन थरीका पाँच सय ६० दशमलव २५ क्विन्टल चामल बिक्री भएको कार्यालय प्रमुख चौधरीले बताए । २० दिनको अवधिमा शाखा कार्यालय दार्चुलाबाट अरुवा सोना मसिनो चामल २ सय क्विन्टल, अरुवा मोटा चामल २ सय १४ क्विन्टल र स्टिम जिरा मसिनो चामल ५६ क्विन्टल बिक्री भएको छ ।

यस्तै खण्डेश्वरी डिपोबाट अरुवा मोटा चामल ८१ दशमलव ५ क्विन्टल र स्टिम जिरा चामल ८ दशमलव ७५ क्विन्टल बिक्री भएको छ । जिल्लामा २ लाख ८० हजार १२५ मूल्यको चामल बिक्री भएको उनले बताए ।

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको उनको भनाइ छ । हाललाई स्टिम जिरा मसिनो चामल भने सकिएको छ । केहि दिन भित्रै उक्त चामल पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । सुपथ छुट मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहनेछ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *