दार्चुलामा भन्सार छलीको समान बरामद

दार्चुलामा भन्सार छलीको समान बरामद

दार्चुला : दार्चुलामा प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ रिङनतालबाट बेवारिसे अवस्थामा रहेको भन्सार छलीको समान बिहीवार बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।

उनका अनुसार २७ पेटी अर्थात २ सय ४३ किलोग्राम कुबिन्डे बरामद गरिएको हो । उक्त समान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पछिल्लो समय दार्चुलामा प्रहरीले धमाधम भन्सार छलीको समान बरामद गरिरहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *