विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइका लागि शिक्षकहरुलाई तालिम

विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइका लागि शिक्षकहरुलाई तालिम


दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो ।

तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा आधारभूत तहमा सिकाइ आपूरण तथा द्रुत सिकाइ सहयोग सम्बन्धी अभिमुखीकरण गरिएको हो । तल्लो कक्षाको सिकाइलाई जोड दिदै सिकाइ क्षति न्युनिकरण, आपूरण तथा अभिवृद्धि सहजीकरण र बालबालिकाको सिकाइ निरन्तरता र सुनिश्चिताका विषयमा तालिम केन्द्रीत भएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।

तालिमको सहजीकरण महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गरेका थिए । यस्तै गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना र बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रममा जोड दिइएको छ । तालिमको अभिमुखीकरण कार्यक्रममा शिक्षा अधिकृत हेमराज जोशीले न्युनतम शिक्षामा समस्या रहेको भन्दै तल्लो कक्षाको सिकाइ राम्रो हुनुपर्ने बताए । बालबालिकामा न्युनतम सिकाइ उपलब्धी हुनुपर्ने उनको भनाई थियो ।

तालिममा महाकाली नगरपालिकाका २० वटा आधारभूत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
सामुदायिक विकास केन्द्रले शिक्षा योजना निर्माण र अध्यावधिक, आपूरण र द्रुत सिकाई तथा बालविकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिका गरी ४ ओटा स्थानीय तहमा कार्यक्रम सञ्चालन रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *