दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले भोलि जिल्ला सदरमुकाममा खलंगामा बिरोध र्याली निकाल्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै त्यसका विरुद्ध शान्तिपूर्ण बिरोध र्याली निकालिने रास्वपा दार्चुलाका उपसभापति राजेन्द्र पन्तले जानकारी दिए ।
र्याली बिहान ११ बजे सदरमुकामको बाङ्गाबगड जीप पार्क (खानेपानी ट्याङ्की) बाट सुरु गरिने उनले बताए । जीप पार्क हुँदै बजार परिक्रमा गर्दै पुलघाटमा कोणसभा गरिने रास्वपाले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?