दार्चुला : दार्चुलामा प्रहरीले अवैध भन्सार छलीको समानसहित जीप र चालकलाई नियन्त्रणमा लिएको छ । बिहीवार बिहान जिल्ला सदरमुकाम खलंगाबाट गोकुलेश्वरतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ज ११९० नम्बरको जीपमा भन्सार छलीको समानसहित उक्त जीपका चालक बैतडीको डिलाशैनी गाउँपालिका–१ का सागर रानालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले मालिकार्जुन गाउँपालिका–८ पस्तीस्थित सडकखण्डमा चेकजाँच गर्दा करीब ५ लाख ५८ हजार मूल्य बराबरको भन्सार छलीको अवैध समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए
जीपमा लुकाई छिपाइ लग्दै गरेको अवस्थामा १६ बोरा घोडा बिडी, साढे पाँच बोरा हाई क्लास सुर्ती, १६ बास्ता सलाई गरी ५ लाख ५८ अंकित मूल्य बराबरको समान बरामद गरी निज चालक र जीपलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय दार्चुला पठाइएको उनले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?