दार्चुलामा काँग्रेसको सय दिने विशेष अभियान सुरु

दार्चुलामा काँग्रेसको सय दिने विशेष अभियान सुरु


दार्चुला : दार्चुलामा नेपाली काँग्रेसको सय दिने विशेष अभियान सुरु भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाको आयोजनामा विस्तारित बैठक बस्दै कात्तिक २३ गतेदेखि काँग्रेसको सय दिने अभियान सुरु गरिएको नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । दार्चुलामा केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य जावेदा खातुन जागाले शुक्रवार एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गरेका हुन् । नेपाली कांग्रेस दार्चुलाका सभापति ललित सिंह बोहराको सभापतित्व एवम् खातुन जागाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको अभियान पुस महिनासम्म सञ्चालन गरिने काँग्रेसले जनाएको छ ।

अभियानको शुभारम्भ गर्दै केन्द्रीय सदस्य खातुनले पार्टीलाई संगठित बनाउँदै चलायमान बनाउन आग्रह गरे । यस्तै यो अभियानले नेता कार्यकर्तामा जाँगरण ल्याउने विश्वास रहेको भन्दै उनले पार्टी संगठन निर्माण र सुदृढीकरणमा लाग्न आह्वान गरे । काँग्रेसको यो अभियान वडातह सम्मै पुग्ने बताइएको छ । यसको दौरानमै नेताहरुलाई खटनपटनका साथै कार्यविभाजन र संगठनलाई चुस्तदुरुस्त बनाउने जनाइएको छ ।

७ असोजमा सुरु भई पुसमा सकिने गरी देशव्यापी रुपमा सय दिने अभियान चलाउने काँग्रेसले निर्णय गरेको भएपनि असोज ११ र १२ गते देशका विभिन्न ठाउँमा बाढी पहिरो जस्ता विपद्जन्य घटना निम्तिएपछि असोज १३ मा सो अभियान स्थगित गरिएको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *