बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई ५ दिने क्षमता विकास तालिम

बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई ५ दिने क्षमता विकास तालिम


दार्चुला : महाकाली नगरपालिकाको आयोजनामा बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने क्षमता विकास तालिम सुरु भएको छ । सामुदायिक विकास केन्द्र डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सो तालिम आयोजना गरिएको हो ।

तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले उद्घाटन गरेका छन् । तालिममा महाकाली नगरपालिकाका १५ आधारभूत विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त हुने शैक्षिक उपलब्धी, शैक्षणिक ज्ञान तथा सीपहरुको बारेमा तालिममा प्रशिक्षण गराइने सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।

तालिममा लालझाडी नगरपालिका कञ्चनपुरका शिक्षा अधिकृत सिद्धराज भट्ट, महेन्द्र मावि खलंगाका शिक्षक भैरव दत्त भट्टले सहजीकरण गरिरहेका छन् । ५ दिने तालिम कार्यक्रमको उद्घाटन सत्रमा सामुदायिक विकास केन्द्र डोटीका प्रोगाम म्यानेजर हर्कबहादुर ऐरले स्वागत मन्तव्य राख्नुभएको थियो भने ब्रिटिश काउन्सिलका तेज प्रकाश रिमाल (एकेडिेमिक कोर्डिनेटर) ले कार्यक्रमको उद्धेश्यका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख ईश्वरी ठगुन्नाको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख आतिथ्यता महाकाली नगरप्रमुख नरसिंह चैसिरको रहेको थियो । कार्यक्रमको सञ्चालन महाकाली नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गरेका हुन ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *