प्यारो भूमि सिद्धटोपी

प्यारो भूमि सिद्धटोपी

जिन्दगीमा बसन्त उजाडिएर
षरदको सिरेटो चलेको बेला
मुटु भित्रको स्नेहको साँगर सुकेर
छाती मरुभूमि बनेको बेला
तिम्रो सौन्दर्यताको पछ्यौरी ओढेर
तिम्रै काखमा निदाउन मन छ ।

प्यारो सिद्धटोपी
विश्वासले बाँधेको प्रेमको डोरी टुटेर
जिन्दगी तनावको खाडलमा डुब्नै लाग्दा
आशाको दियो निभेर
जिन्दगीमा अध्यारो छाएको बेला
आफैलाई आफ्नै जिन्दगीबाट
भरोसा गुमेको बेला
जिन्दगीको दु:ख, पीर बेदनाको भारी बिसाउन
तिम्रै छातीमा निदाउन मन छ ।

प्यारो भूमि सिद्धटोपी
तिम्रो छातीमा उभिएको
भ्यु-टावरबाट सेताम्य हिमशिखरको
सौन्दर्यता हेर्न मन छ
महादेवले स्नान गरेको ब्रम्हदहको
पानी पिउदै मनको प्यास मेटाउन मन छ ।
साउन भदौमा तिम्रो हरियाली फाँटहरुमा
फूलेका बहिरंगि फूलको
सुगन्धको स्पर्श गर्दै फूलको संसारमा
हराउन मन छ ।

थाईसैनको माटोमा फलेको जडिबुटी
सेकुवा गाँनन मिसाएर बनाएको
मीठो चियाको चुँस्की लाउदै लामो सुस्केरा हालेर
आदन्द र शान्तिको लामो श्वास फेर्न मन छ ।

देवताहरुको क्रिडास्थल र तपोभूमि
रंगिन फूलहरुको बगैंचा,
धर्तीको स्वर्ग झै लाग्ने
हरियाली फाँटहरु र सेताम्य हिमशृङखला
अवलोकन गर्न सकिने मेरो सिद्धटोपीले
बोकेको सम्भावना माथि
न त पुग्यो सरकारको दृष्टि
न त पुगे पर्यटकका पाईला ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *