स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा सम्पन्न


दार्चुला : स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हंसराज भट्टको अध्यक्षता एवं जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूको प्रमुख आतिथ्यतामा शनिवार एक कार्यक्रमका बीच स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अपिनाम्पा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं पूर्व सुदूरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिंह बोहराको विशिष्ट आतिथ्यता रहेको थियो ।

वार्षिक साधारण सभाको अवसरमा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को आय व्ययसमेत प्रस्तुत गरिएको छ । प्रस्तुत आय व्यय प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी ५७ लाख ३१ हजार ९ सय रुपैयाँ र मुनाफा रकम १ लाख १६ हजार ४ सय ३ रुपैयाँ रहेको छ ।

संस्थाको लेखा परिक्षण प्रतिवेदन कोषाध्यक्ष कलावती बडालले प्रस्तुत गर्नुभएको थियो । वि.सं २०६८ सालमा स्थापना भएको सो संस्था केहि वर्ष निस्कृय भएर २०७९ साल माघ ४ गतेदेखि दार्चुलामा पुनः संचालन आएको हो ।

अहिले यस संस्थामा ६ सय ६७ सदस्य रहेको स्वाबलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुला शाखाका प्रवन्धक भुवन जोशीले जानकारी दिए । संस्थाले विश्वसनीय सेवा, एकता, सहभागिता र पारदर्शीताको मूलभूत पक्षलाई अँगालेर उद्यमशिलता, विकास र रोजगारीमा जोड दिइएको प्रवन्धक जोशीले बताए ।

संस्थामा पेशागत हिसावले कृषिमा २ सय ५० जना, उद्योग व्यवसायमा ३ सय ८९ जना सदस्य रहेको जनाइएको छ । यस्तै संस्थाले आगामी आर्थिक वर्षको लक्ष्य वृद्धि योजना पनि सार्वजनिक गरेको छ । जसअनुसार सदस्य ३ सय थप गर्ने, बचत १ करोड २० लाख र ५७ लाख ऋण थप्ने रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *