दार्चुला : सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली शाखा दार्चुलाले महेन्द्र मावि खलंगालाई पानी ट्याङ्की र डिस्पेन्सर सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत महेन्द्र माविलाई धारा जडानसहितको २ पानी ट्याङ्की र ३ वटा वाटर डिस्पेन्सर सहयोग गरिएको हो ।
बुधवार एक कार्यक्रमका बीच महेन्द्र मावि खलंगाका सहायक प्रधानाध्यापक दामोदर जोशीलाई १ हजार लिटरका २ वटा पानी ट्याङ्की, वाटर डिस्पेन्सर ३ वटा वितरण गरिएको सिटिजन बैंक इन्टरनेसनल लिमिटेड महाकाली शाखा दार्चुलाका प्रबन्धक विश्वेश्वर बडूले जानकारी दिए । महाकाली नगरपालिका-४ राधाकृष्ण चोकमा असार २७ गतेदेखि बैंकको शाखा संचालनमा आएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?