दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एक विद्यालयले एनपीएलको फाइनल खेल प्रोजेक्टरमार्फत विद्यार्थीलाई देखाउने भएको छ । मालिकार्जुन गाउँपालिका–२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङले भोलि हुने फाइनल खेल प्रोजेक्टरमार्फत विद्यालयमा देखाउन लागेको हो । ग्रामिण भेगमा समेत क्रिकेट खेलप्रति अत्यधिक रुचि रहेकाले विद्यालमै एनपीएलको फाइनल खेल प्रोजेक्टरमार्फत विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई देखाउन लागेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सिंह धामीले जानकारी दिए ।
काठमाडौँ कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्याह्न साढे १२ बजे हुने फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । विद्यार्थीहरूलाई खेल विधाप्रति आकर्षण जगाउका र खेलाडीहरूप्रति सम्मानको भाव जगाउन प्रोजेक्टर मार्फत खेल देखाउन लागेको प्रधानाध्यापक धामीले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?