दार्चुला : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले दार्चुलाको निरीक्षण भ्रमण गर्नुभएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय दार्चुलाको निर्माणाधीन भवन अवलोकनका साथै जिल्लाको शान्ति, सुरक्षा एवं समग्र वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
यस्तै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई आवश्यक विभागिय नीति निर्देशन दिइएको बताइएको छ । डीआईजी चन्दलाई दार्चुला प्रहरी प्रमुख प्रकाश दाहलले स्वागत गरेका थिए।
पुस १ गते सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले पुस ४ गते पहिलो जिल्लाका रुपमा कंचनपुरको निरीक्षण भ्रमण गर्नुभएको थियो । उनको पहाडी जिल्लामध्येको निरीक्षण भ्रमण दार्चुला पहिलो हो । यसपछि बैतडी भ्रमण हुने बताइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?