स्वावलम्बीको वित्तीय लगानीमा खरिद जुस बनाउने मेसिन हस्तान्तरण

स्वावलम्बीको वित्तीय लगानीमा खरिद जुस बनाउने मेसिन हस्तान्तरण


दार्चुला : स्वावलम्बी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो वित्तीय लगानीमा खरिद गरेको जुस बनाउने मेसिन कृषक समूहलाई हस्तान्तरण गरेको छ । सोमवार एक कार्यक्रमका बीच संस्थाले जुस बनाउने मेसिन हस्तान्तरण गरेको हो ।

स्थानीय स्तरमा उत्पादित फलफूललाई सहकारी अभियानमार्फत आयआर्जनमा टेवा पुगाउन स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तिय लगानी र कृषि ज्ञान केन्द्र दार्चुलाको प्राविधिक सहयोगमा महाकाली नगरपालिका–५ को मौसमी तथा बेमौसमी कृषि फलफूल उत्पादन समूहलाई मेसिन र आवश्यक अन्य औजारउपकरण सहयोग गरिएको स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक भुवन जोशीले जानकारी दिए । यो मेसिनमा सुन्तलाजात र मौसम अनुसारको फलफूलको जुस बनाइने कृषक समूहले बताएको छ ।

मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख महादेव बडूले कृषकहरुको व्यवसायिक उत्पादन र उद्योग प्रवद्धनका लागि स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग गर्नुपर्ने औल्याए । दार्चुलामा अमिलो जातको फलफूलको बजारीकरणको सम्भावना राम्रो रहेकाले यसको व्यवसायिक खेती गर्न सके आर्थिक उपार्जनका क्षेत्रमा टेवा पुग्ने कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्यायले बताए । सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन स्वावलम्बी सहकारी सँगको समन्वयमा कृषक समूहका लागि प्राविधिक सहयोग गरिएको उनले बताए ।

स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष नारायण भट्टको अध्यक्षता रहेको मेसिन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख महादेव बडूको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज जोशी, कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख सिद्धराज उपाध्याय, अधिकृत छैटौँ श्याम राज जोशी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ दार्चुलाका नायव सुब्बा तिलक राज पन्त, सप्रोस नेपालका कार्यक्रम संयोजक कृष्ण सिंह ठगुन्ना, कृषक समूहका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *