राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा लाल सिंह धामी नियुक्त भएका छन् । धामी पुःन भूमि समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा नियुक्त भएका हुन् । सोमवार ७१ जिल्लामा अध्यक्ष नियुक्त गरिएको छ ।
भूमि व्यवस्था मन्त्रालयले आयोगका अध्यक्षहरुको नियुक्ति गरेको हो । सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस बीच भागबन्डा भएको छ । यस्तै बैतडीमा रमेश दत्त पाण्डेय, डडेल्धुरामा कैलाश कुमार पाण्डेय, कैलालीमा यज्ञ राज उपाध्याय, बाजुरामा जनक बहादुर रोकाया, डोटीमा डम्बर बहादुर ओली र अछाममा राम आउजी भूमि आयोगको जिल्ला अध्यक्षमा नियुक्त भएका छन् । कञ्चनपुर र बझाङमा भागबण्डा नमिलेका कारण अध्यक्षको टुंगो लाग्न बाँकी नै छ ।
दार्चुलामा धामी नेपाली कांग्रेसको भागबाट अध्यक्ष बनेका हुन् । नियुक्तिसँगै उनीहरूको शपथ ग्रहणसमेत भएको छ । भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूको शपथ गराएका थिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?