समाजसेवी बमद्धारा विपन्न तथा अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग

समाजसेवी बमद्धारा विपन्न तथा अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग


दार्चुला : दुहुँ गाउँपालिका–३ सिमली बस्ने समाजसेवी बिरेन्द्र बहादुर बमले विपन्न तथा अनाथ बालबालिकालाई न्यायो कपडा सहयोग गरेका छन् । आइतवार समाजसेवी बमले एक कार्यक्रमका बीच दुहुँ गाउँपालिकाका विपन्न व्यक्ति र धारीस्थित अनाथालयमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

दुहुँ गाउँपालिकाका ५ वटै वडाका असहाय, विपन्न ४० जनालाई कम्बल र दुहुँ गाउँपालिका–४ धारीस्थित अनाथालयमा रहेका १४ जना बालबालिकालाई ट्याक सुट समाजसेवी बमले सहयोग गरेको दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति बमले जानकारी दिए । कम्बल र ट्याक सुट एक कार्यक्रमका बीच वितरण गरिएको उनले बताए ।

दुहुँ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्ण सिंह लोथ्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति प्रमुख करबीर बहादूर कार्की, दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति बम, वडा नम्बर ५ का अध्यक्ष धन सिंह कुँवर, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल, दुहुँ गाउँपालिका वडा नम्बर ३ का पूर्व अध्यक्ष लाल बहादुर बम, वडा नम्बर ४ का पूर्व अध्यक्ष गोपाल सिंह कार्की लगायतको उपस्थिति रहेको थियो । न्यानो कपडा पाएपछि विपन्न नागरिक खुसी भएका छन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *