महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बडालको जिम्मेवारी रद्ध

महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बडालको जिम्मेवारी रद्ध


दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधवारको निर्णयले उनको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले बिहीवार पत्राचार तथा सूचना जारी गर्दै निमित्त भई कार्य प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको छ ।

बडाल २०८० चैत २८ गतेदेखि महाकाली नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आइरहेका थिए । उनी प्रशासनतर्फका अधिकृत छैटौँ हुन् ।

मन्त्रालयले देशभरीका विभिन्न जिल्लाका १० नगरपालिका र १३ गाउँपालिकामा कार्यरत निमित्त प्रमुख प्रशासकीय अधिृकतहरुको जिम्मेवारी रद्ध गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *