दार्चुला : नेपाल निजामति कर्मचारी युनियन दार्चुला ९ औँ जिल्ला अधिवेशनमा जुटेको छ । अधिवेशनको तयारी स्वरुप अहिले पालिका स्तरमा कार्य समिति गठन भइरहेका छन् । सोही अनुसार शनिवार जिल्लाको दुहुँ गाउँपालिकामा नेपाल निजामति कर्मचारी युनियनको कार्य समिति गठन गरिएको छ । कार्य समितिको अध्यक्षमा डम्बर सिंह कार्की चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा सरीता बडाल, सचिवमा दिपक राज जोशी र अन्य पदाधिकारी गरी ११ सदस्यीय कार्य समिति गठन गरिएको नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति दार्चुलाका सह–सचिव मोहन सिंह महराले जानकारी दिए ।
युनियन जिल्ला अध्यक्ष बिरेन्द्र सिंह धामी, सहसचिव मोहन सिंह मोहरा लगायतको उपस्थितिमा समिति गठन गरिएको हो ।
नेपाल निजामति कर्मचारी युनियन दार्चुलाका अध्यक्ष बिरेन्द्र सिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति बमको प्रमुख आतिथ्यता तथा पूर्व गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीको विशिष्टि आतिथ्यता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?