दार्चुला : प्रेस चौतारी नेपाल दार्चुलाको अध्यक्षमा लोकेन्द्र प्रसाद जोशी चयन भएका छन् । बिहीवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आयोजित पाँचौ अधिवेशनले सर्वसम्मत जोशीलाई अध्यक्ष चयन गरेको हो । जोशीको यो दोस्रो कार्यकाल हो ।
प्रेस चौतारी जिल्ला कार्य समितिको उपाध्यक्षमा रमेश सिंह खत्री, बिमला धामी भुजेल, सचिवमा मान सिंह कुँवर सहसचिव निरज कुमार धामी, पदम परियार, कोषाध्यक्ष उद्धव सिंह धामी चयन भएका भएका छन् ।
यसैगरी सदस्यहरूमा लोकेन्द सिंह धामी, मनोरथ मिश्र, जानकी जोशी, रवी ओड चयन भएका छन् । यस्तै प्रदेश प्रतिनिधिमा विपीन सिंह विष्ट, कृतिनिधि जोशी र लक्ष्मी भाट चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा कृष्ण सिंह धामी, लक्ष्मण सिंह धामी र चाँदनी चैसिर चयन हुनु भएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?