दार्चुला : शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । बुधवार जिल्ला सदरमुकाम खलंगामा एक कार्यक्रमका बीच संस्थाको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।
यस संस्थाको सेयर पुँजि १३ लाख १३ हजार ९ सय तथा बचत १ करोड ३१ हजार ८ सय ६५ रहेको जनाइएको छ । यस संस्थामा २ सय ४८ जना सदस्य रहेका छन् ।
चौथो अधिवेशनबाट शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुन्द्र सिंह बुढाथोकी चयन भएका छन् । संस्थाको उपाध्यक्षमा नन्दराज भट्ट, सचिवमा भुवनेश्वरी बडू र कोषाध्यक्षमा कृष्ण राज जोशी चयन भएका छन् ।
यस्तै सदस्यमा श्याम राज अवस्थी, सुरेन्द्र प्रसाद बडू, मन्द्रा कार्की र कुबेर धामी चयन हुनुभएको छ । संस्थाको लेखा समिति संयोजकमा जमन सिंह फराल तथा सदस्यमा ईन्द्रराज भट्ट र गंगा खाती चयन भएका छन् ।
गोपाल दत्त जोशीको अध्यक्षतामा संचालन भएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड दार्चुलाको ११ औँ वार्षिक साधारणसभा कार्यक्रमको प्रमुख आतिथ्यता शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तको रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?