दार्चुला : महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगाले कब्जा जमाएको छ । महाकाली नगरपालिका–४ खलंगामा अवस्थित महेन्द्र माविले पछिल्लो तीन वर्ष लगातार उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो ।
शुक्रवार सम्पन्न पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित महेन्द्र मावि खंलगा प्रथम भयो । यस्तै प्रतियोगितामा ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित मालिकार्जुन नमुना मावि धाप द्वितिय तथा २ स्वर्ण, ६ रजत र २ कास्य पदकसहित मालिकार्जुन मावि निसिल तृतीय भएको महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रिय मावि दत्तुले चौथो स्थानमा उभिदै २ स्वर्ण, १ रजत र ५ कास्य पदक हात पारेको छ । यस्तै छन्ना तिंकरी कन्या माविले १ स्वर्ण, ५ रजत र ५ कास्य, हुनैनाथ मावि बाँजले १ स्वर्ण, ३ रजत र ४ कास्य, अल्कापूरी मावि कोटकौतोलीले १ स्वर्ण, ५ कास्य, पशुपती शिक्षा मन्दिरले १ स्वर्ण र ३ कास्य, दार्चुला पब्लिक स्कुलले २ रजत १ कास्य, दुर्गा लटिनाथ मावि मैखोली र हिमालय मावि धौकोटले २ कास्य पदक प्राप्त गरेका छन् ।
उक्त प्रतियोगितामा नगरपालिकाका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । माघ १५ गतेदेखि महाकाली नगरपालिका–७ धापमा सञ्चालित प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो । नगरस्तरीय शिल्ड कब्जा गर्न सफल महेन्द्र माविले १३ औँ, १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामासमेत प्रतिनिधित्व गर्दै महाकाली नगरपालिकालाई प्रथम स्थान दिलाउन भूमिका खेल्दै आएको छ ।
यस वर्षको १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १० गतेदेखि फागुन १४ गतेसम्म मार्मा गाउँपालिका–४ मा रहेको तपोवन खेलमैदानमा सञ्चालन हुदैछ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?