गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण


दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो ।

भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न गरिएको विद्यालय भवन र अन्य संरचना हस्तान्तरण गरिएको छ ।

विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले भारत सरकारले गरेको यो सहयोग ऐतिहासिक मित्रता र समन्वयको प्रतिक भएको औल्याउनुभयो । उनले सधँै भारत र नेपाल बीचको सम्बन्ध जीवन्त राख्न यस्ता खाले परियोजना तथा सहयोगले थप मद्धत गर्दै आएको बताए । आगामी दिनमा पनि भारतबाट हुने सहयोगको निरन्तरताका लागि पूर्वमन्त्री बडूले आग्रह गरे ।

यस्तै सोही कार्यक्रममा बोल्दै पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले सदिऔँ देखि नेपाल र भारत बीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएकोमा आगामी दिनमा पनि मित्रता कायम रहँदै थप सहयोग बढ्नेमा विश्वस्त रहेको बताए ।

उक्त कार्यक्रममा भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहले साँझा लाभका लागि भारत सँधै सहयोग गर्न तत्पर रहेको भन्दै शिक्षा, स्वास्थ्य क्षेत्रमा निर्माण हुने योजना तथा परियोजनामा सहयोग निरन्तर रहने बताए । साथै उनले यो परियोजनामार्फत आगामी वर्षमा थप विकास र दुई देशबीचको पारस्पारिक सम्बन्ध विस्तारमा फलदायी हुने विश्वास व्यक्त गरे । निर्माणको जिम्मा पाएको नमस्कार जेभी निर्माण सेवाले ११ महिनामा उक्त विद्यालय भवन सम्पन्न गरेको हो ।

शैल्यशिखर नगरपालिकाका प्रमुख बिजय सिंह धामीको अध्यक्षता रहेको विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंह, शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ती खडायत, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५ सय ६३ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४१ वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिसकेको छ ।

जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ७० वटा एम्बुलेन्स र २७ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लालाई उपलब्ध गराइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *