दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दार्चुला : दार्चुलामा दमकी बिरामी रहेकी एक महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-१ बलाँचकी अन्दाजी ४० वर्षीया मिना खडायतको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको हो ।

बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिकमा उपचार गराउन गएकी उनको त्यहाँ सुई लगाउँदा मुटुको धडकन बढेको र अन्त जान भनेपछि आफन्तले गोकुलेश्वर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले उनको शव गोकुलेश्वर अस्पतालमै रहेको जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *