नजरिया

पश्चिमाञ्चल क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार धामी निर्वाचित

दार्चुला : इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अध्यक्षमा प्रकाश धामी निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका धामी ७ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका अनुप न्यौपानले ४ सय ४९ मत प्राप्त गरे । यस्तै सचिवमा अखिल (क्रान्तिकारी) का हरिकृष्ण थापा र कोषाध्यक्षमा पनि अखिल (क्रान्तिकारी) कै उम्मेदवार निर्वाचित भएका छन् । धामी सिभिल चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।

सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका रावल निर्वाचित

बैतडी : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ । एक सदस्यबाहेक सबै पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरुले विजय हासिल गरेका हुन् । निर्वाचन अधिकृत राजेन्द्र प्रसाद जोशीका अनुसार सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका कृष्ण सिंह रावल निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रावलले १ सय ३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९

स्ववियु निर्वाचन : दार्चुलाका तीन क्याम्पसमा पदाधिकारी निर्वाचित घोषणा

दार्चुला : दार्चुलाका तीन क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीको नामावली सार्वजनिक गरेको छ । सर्वसम्मत चयन भएका स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । त्रिविका सम्बन्धन प्राप्त दार्चुलाका ५ क्याम्पसमा तीन विद्यार्थी संगठनहरुबीच आपसी समझदारीमा नेतृत्व सर्वसम्मत चयन भएको थियो । सर्वसम्मत चयन भएका दुई क्याम्पसहरुले भने अन्तिम नामावली सार्वजनिक गरेका छैनन् । नामावली सार्वजनिक नगर्ने क्याम्पसमा अपिनाम्पा क्याम्पस हुति र शंकरपुर क्याम्पस पस्ती रहेका छन्

मालिकार्जुनमा परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरेको छ । पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरिएको हो । फागुन २५ गतेबाट सञ्चालन भई चैत ४ गते सम्पन्न भएको पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको मालिकार्जुन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकन्द्र सिंह धामीले जानकारी दिए । मालिकार्जुन गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८

३१औं प्रहरी प्रमुखमा दिपक थापा

काठमाडौँ : नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो । आज राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी बसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

निर्णयमा निर्ममता, चरित्रमा पवित्रतासहितको नेतृत्व आजको आवश्यकता

‘ए पेड काहे का है’ भन्दै मकैको बुटा नचिन्नेले भेडाको थुन कति वटा हुन्छ भनि सोध्नेले कृषि र पशुपालनको नाँउमा राज्यकोष बाट करोडौ अनुदान पाउँछ । गाँउमा हलो जोत्दै, भेडी गोठ सोहर्दै कुप्रिएको किसानले किन्न मल पाउदैन्, छेरिएको भेडीलाई ओखति मुलो पाउदैन, अनि त्यो किसानले लोकतन्त्र ठीक भन्दै उभिनु पर्ने ?घरखेत बेचविखन गरी सन्तानलाई जागिर खाला भनि लेखपढ गराउनु पर्ने, सीप सृजनारहित फगत डिग्रीको पातो हात लागेर लोकसेवामा भिडदा भिडदै

हत्या गरि फरार रहेका बैतडीका विष्ट दार्चुलाको दत्तुबाट पक्राउ

दार्चुला : बन्दुकको गोलीले भाईको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्ण बहादुर विष्टलाई दार्चुलाबाट प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट विष्टलाई शुक्रवार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलिले भारत संग सीमा जोडिएको दत्तुबाट फरार विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए । गत शनिवार

हत्या गरि फरार रहेका बैतडीका विष्ट दार्चुलाको दत्तुबाट पक्राउ

दार्चुला : बन्दुकको गोलीले भाईको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्ण बहादुर विष्टलाई दार्चुलाबाट प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट विष्टलाई शुक्रवार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलिले भारत संग सीमा जोडिएको दत्तुबाट फरार विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।गत शनिवार भाई

खुद्रा होइन् थोकमा परिवर्तन आट्ने नेतृत्व गगन

विचार : मुलुकले लोकतान्त्रिक अभ्यास गरेको झण्डै साढे तीन दशक पूरा भएको छ । यस अवधिलाई ४ वटा खण्डमा विभाजन गरी अध्ययन गर्दा २०४६ देखि २०५१ को प्रारम्भिक अवधि भित्र पन्चायतले सुकेनास ग्रस्त बनाएको राष्ट्रिय अर्थतन्त्रलाई आर्थिक उदारीकरणको माध्यमद्वारा पोषित गर्दै राष्ट्रिय संचित कोषमा तेब्बर वृद्धि, आर्थिक वृद्धि दरमा दोहरो अंकको वृद्धि, राष्ट्रिय अन्तर्राष्ट्रिय पुँजी परिचालनको अनुकुलता सृजना जस्ता राष्ट्रिय अर्थतन्त्रलाई सकारात्मक गतिशीलत तर्फ अगाडी बढाउने कामहरू भएको पाइन्छ ।

एसइई तयारी : दार्चुलाको दुहुँका २ विद्यालयमा `२४ सै घण्टा´ पठनपाठन

दार्चुला : एसइई परीक्षाको नतिजा वर्षेनी खस्किदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला दार्चुलाको दुहुँ गाउँपालिकाका दुई विद्यालयले विद्यार्थीलाई २४ सै घण्टा विद्यालयमा राखेर पठनपाठन गरिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीस्वरुप विद्यालयहरुले आवासीय सुविधासहित विद्यालयमै राखेर पठनपाठन गरिरहेका हुन् । दुहुँ गाउँपालिका वडा नम्बर ४ स्थित धारीपाटा मावि धारी र वडा नम्बर ३ को गणेश मावि सिमलीले २४ सै घण्टा विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएको हो । २४