नजरिया

दार्चुलामा एक महिला रुखबाट लडेर गम्भीर घाइते

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक महिला रुखबाट लडेर गम्भीर घाइते भएकी छन् । बुधवार घर नजिकै स्याउला काट्ने क्रममा रुखबाट लडेर शैल्यशिखर नगरपालिका वडा नम्बर ८ देवलकी कमला जोशी गम्भीर घाइते भएकी हुन् । जोशीको टाउँकोमा गम्भीर चोट लागेको स्थानीय विष्णुदत्त जोशीले जानकारी दिए । गम्भीर घाइते जोशीको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको उनले बताए । साथै उनको आर्थिक अवस्था कमजोर रहेकाले सहयोगका लागि आफन्तले आग्रह गरेका छन्

‘पुतली सरकार दूतहरू नियमसम्मत देखिएनन्, दिएको तलब अनियमित भयो’

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलेको छ। महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदनले डिलाशैनी गाउँपालिकाले राखेका सद्‍भावनादूतलगायत अन्य १३ कर्मचारी नियसम्मत नभएको खुलासा गरेको हो। ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ को १ मा पालिकाले आफ्नो कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा कर्मचारी पदपूर्ति गर्ने व्यवस्था छ भने

उपराष्ट्रपति यादवलाई राष्ट्रपतिको जिम्मेवारी

काठमाडौं । राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिले गर्नेछन्। नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

सन्दीप विश्वकप खेल्न वेष्ट इण्डिज जाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिजमा वेष्ट इण्डिज जाने भएका छन्। नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने नेपालका बाँकी दुइ खेल खेल्न जान लागेको जानकारी दिएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौँ। सम्मानित

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जाँदैछन्। प्रधानमन्त्री दाहालका साथ उनकी पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ। भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आज

टी-२० विश्वकपमा आज तीन खेल: भारत र पाकिस्तानपनि भिड्दै

काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गत आज तीन खेल हुँदै छन्। आज पहिलो खेल समूह सी अन्तर्गत वेस्ट इन्डिज र युगाण्डाबीच भइरहेको छ। गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरु भएको हो। वेस्ट इन्डिज र युगाण्डाबीच पहिलो पटक टी-२० खेल हुन लागेको हो। जारी विश्वकपमा वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ। त्यस्तै, युगाण्डाले भने यस अघि खेलेका २

दार्चुलाका एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं । दार्चुलाका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। लेकम गाउँपालिका–१ बित्थडका ५५ वर्षीय तिखुरे खत्री बैतडीको डिलाशैनी गाउँपालिका–६ बाङ्गाबगरस्थित् सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौँ बिघा जमिन खाली गराउन पहल थालेको छ। सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ। विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय

सुदूरपश्चिममा श्रमाधान रोजगार मेलाको तयारी पूरा

धनगढी । सुदुरपश्चिम प्रदेशको कैलालीमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पूरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पूरा भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदूरपश्चिमको आयोजनामा आईतबारदेखि कैलालीको धनगढीस्थित् ओम प्यालेसमा मेला सुरु हुँदैछ। मेलाको विषयमा जानकारी दिन शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव

तिंकरवासीका पूरा हुन नसकेका सपना

कालापानी–लिम्पियाधुरा विवादको समाधान क्षणिक लोकप्रियताका लागि गरिने सस्तो नाराबाजीभन्दा नेतृत्वमा बस्नेको आत्मविश्वास एवं गम्भीर कूटनीतिक कुशलतामा निर्भर गर्छ। स्थानीय संवेदनशीलतालाई पनि ध्यान दिनुपर्छ। दार्चुला जिल्लाको तिंकर सुदूर उत्तर–पश्चिम नेपालको अन्तिम गाउँ हो र काठमाडौंबाट सबैभन्दा टाढाको बस्ती पनि। करिब सत्तरी घरधुरी भएको यो सानो र सुन्दर गाउँमा शौका (व्यासी) समुदायका मानिस बसोबास गर्छन्। नयाँ संविधान लागू भएपछि साविकका व्यास, राप्ला, सुनसेरा, धौलाकोट र हुती गाउँ विकास समिति (गाविस) हरू मिलाएर