नजरिया

मधेसमा मुख्यमन्त्रीका लागि जनमतका सिंहले गरे दाबी पेश

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि जनमत पार्टीका सतिश कुमार सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। सिंहले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष ५५ जना सासंदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन्। उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। दाबी पेशपछि केही बेरमा नै शपथ ग्रहण हुने बताइएको छ। यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत

मधेसमा जनमतका सिंह मुख्यमन्त्री बन्दै, आजै शपथको तयारी

काठमाडौं । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज जनमत पार्टीका सतिश कुमार सिंह मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा आज सकिन लागेसँगै सिंहले मुख्यमन्त्रीका लागि दाबी पेश गर्दैछन्। उनले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका हुन्। जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले सरकार बनाउन

विश्वकप छनौटमा नेपालको अर्को हार, युएईविरुद्ध ४-० ले पराजित

काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत अर्को हार बेहोरेको छ। विहिबार राति साउदी अरबसम्म सम्पन्न युएईविरुद्धको खेलमा नेपाल ४-० ले परजित भएको छ। पहिलो हाफमा २ गोल गरेको युएईले दोस्रो हाफमा पनि २ गोल गरेको थियो। युएइका लागि हरिब अब्दल्ला सुहेलले २ गोल गरेका थिए भने अलि सालेह र हजेम मोहमदले एक एक गोल गरेका थिए। नेपालले विश्वकपको छनौट अन्तर्गत युएईविरुद्धको पहिलो

सुदूरपश्चिमसहित देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र

सुन्दर सुदूरपश्चिम यातायातले अब दार्चुला–धनगढी दिवा सेवा पनि संचालन गर्ने

दार्चुला : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले दार्चुला–धनगढी दिवा बस सेवा पनि संचालन गर्ने भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आगामी असार १ गते देखि दार्चुला–धनगढी तथा धनगढी–दार्चुला दिवा बस सेवा संचालन गर्न लागेको हो । यसअघि रात्रि सेवा मात्रै संचालन गरेको सुदूरपश्चिम यातायात प्रालिले असार १ गतेदेखि दिवा सेवा पनि सुरु गर्ने सुन्दर सुदूरपश्चिम यातायात प्रालि दार्चुलाका इन्चार्ज बिरेन्द्र बहादुर कँुवरले जानकारी दिए । प्रालिले असार १ गतेदेखि दार्चुलाबाट

प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

काठमाडौं । प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुलको दीक्षान्त समारोह सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय स्तरमै कहलिएको आईबी एजुकेसन प्रणाली अन्तर्गत प्राथमिक वर्ष कार्यक्रम (पीवाइपी) मध्य वर्ष कार्यक्रम (एमवाईपी) र माध्यमिक तहको डिप्लोमा (आईबीडीपी) कार्यक्रम सञ्चालन गरेर आईबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एक मात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनलले आफ्नो पहिलो ब्याचलाई भव्य समारोह आयोजना गर्दै दीक्षित गरेको हो। समारोहका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री माननीय नारायणकाजी श्रेष्ठ थिए। आईबीडीपी र

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्। त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा सङ्क्षिप्त कुराकानी भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ। प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग

सुदूरपश्चिम, कर्णाली, लुम्बीनी र कोशी प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बीनी र कोशी

दार्चुलामा पनि विश्व वातावरण दिवस मनाइयो

दार्चुला : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ दार्चुलामा बजार सरसफाइ र वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ मनाइएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनामा प्रमुख जिल्लाअधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा दिवस मनाइएको हो । दिवसका अवसरमा बिहान प्रभातफेरी कार्यक्रम निकाल्दै बजार सरसफाई गरिनुका साथै विभिन्न प्रजातिका फलफूलका बोटबिरुवाहरु रोपण गरिएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए

`महाकाली करिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यबाट किन हट्यो ?´

काठमाडौं : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका हुन्। उनले भने, – ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यको पृष्ट ५७ ,बुदा नम्बर २९९ मा