नजरिया

दार्चुलाका ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन्। प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन्। उनको प्रशिक्षण यही जेठ २० गतेदेखि सुरु हुनेछ। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जानेछन्। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन सङ्घलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको

दुहुँ र व्याँस गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर संचालन हुने

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सम्बन्धित स्थानीय तहको समन्वयमा शिविर संचालन हुन लागेको हो । दुहुँ गाउँपालिकामा जेठ १९ गते र व्याँस गाउँपालिकामा जेठ २० गते निशुल्क प्रजनन स्वास्थ्य शिविर संचालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर ४ स्थित धारी स्वास्थ्य चौकी र व्याँस गाउँपालिकाको वडा नम्बर ६

टिंकर नाका खुल्ने सुरसार, जुन २५ तारिखमा खोल्ने तयारी

दार्चुला : कोरोना कालदेखि बन्द रहेको दार्चुलाको चीन जोड्ने टिंकर नाका खोल्ने तयारी भएको छ । बिहीवार दार्चुला प्रशासन र तिब्बतका अध्यागमन अधिकारी, प्रहरी प्रशासन र काउन्ट्री चीपसँग सामाजिक सञ्जाल (वी च्याट) बाट नाका संचालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बिहीवार बिहान सुरक्षा समितिको मिटिङ डाकेर नाका खुल्नेबारे आवश्यक सहजीकरण र समन्वयका सम्बन्धमा दुबै क्षेत्रका अधिकारी बीच कुराकानी भएको प्रजिअ जोशीले बताए ।

राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट दार्चुलाकी देवल सम्मानित

दार्चुला : दार्चुलाकी महिला उद्यमी तारा देवल राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित भएकी छन् । सुदूरपश्चिम प्रदेशबाट महिला उद्यमशीलतामा योगदान गरेकोमा उनी सम्मानित भएकी हुन् । बुधवार काठमाडौँमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले एक कार्यक्रमका बीच देवललाई सम्मान गरे । छैटौँ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसरमा १ लाख नगदसहित सम्मानित गरिएको हो । दार्चुलामा एभिरिल बेवी सप एण्ड डिजाइनिङ कर्नर खोली महिला उद्यमका क्षेत्रमा

दमकी बिरामी खडायतको उपचारका क्रममा मृत्युभएपछि..

दार्चुला : दार्चुलामा दमकी बिरामी रहेकी एक महिलाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका-१ बलाँचकी अन्दाजी ४० वर्षीया मिना खडायतको बुधवार उपचार गर्दागर्दै मृत्यु भएको हो । बिहान शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित शैल्यशिखर पोलिक्लिनिकमा उपचार गराउन गएकी उनको त्यहाँ सुई लगाउँदा मुटुको धडकन बढेको र अन्त जान भनेपछि आफन्तले गोकुलेश्वर अस्पताल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले उनको शव गोकुलेश्वर अस्पतालमै रहेको जनाइएको छ ।

गृहमन्त्री लामिछानेविरूद्धको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दामा आजका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी तोकिएको छ। उनीविरुद्ध अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको माग गर्दै रिट दायर गरेका थिए। लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेज गर्नसमेत माग गरिएको छ। रिटमा गृहमन्त्रीले

एफक्युबमा मध्यरातमा दर्शकसँग पल शाहको भेट

काठमाडौं । प्रदर्शनरत फिल्म ‘पुजार सार्की’का नायक पल शाहले मङ्गलबारको मध्यरात फिल्मका दर्शकसँग भेट गरेका छन्। प्रदर्शनको छैटौं दिन मङ्गलबार काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमामा साढे १० बजेको अन्तिम शो हेरेर निस्किएका दर्शकसँग फिल्म सकिएपछि मध्यराति १ बजे भेट गरेका हुन्। दर्शक भेट्न पलसँगै निर्देशक दिनेश राउत, निर्माता सुबास भुसाल र नेपाल वितरक रोहित कट्टेल हल पुगेका थिए। दर्शकसँगको भेटमा पलले नेपाली फिल्मले निकै फड्को मारेको भन्दै खुशी व्यक्त गरेका थिए।

सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतीसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन्

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो। नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको

दुई करोड ठगेको भन्दै तरुण दल लमजुङका अध्यक्षविरूद्ध पक्राउ पुर्जी

काठमाडौं । प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गुरुङले काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार जेनेस सलुशन नामक कम्पनीले आफ्नो कार्यालय भवन निर्माणका लागि भन्दै पोखरा महानगरपालिका–१२ स्थित झन्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड