नजरिया

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु हो : शेखर कोइराला

भक्तपुर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए। ‘लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने हो, अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको। डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन। दुई तिहाइ बहुमत

दार्चुलामा ९७ प्रतिशत किशोरीले लगाए एचपिभी खोप

दार्चुला : दार्चुलामा महिलाहरुको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सम्पन्न भएको छ । माघ २२ गते देखि सुरु भएको महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सोमबार सम्पन्न भएको हो । दार्चुलाका ९ वटै स्थानीय तहमा गरि लक्ष्यको ९७ प्रतिशत किशोरीले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिए । जिल्लाका अन्य स्थानीय तहमा यस अघि नै खोप अभियान सम्पन्न भएको र सोमवार महाकाली नगरपालिकामा पनि अभियान

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं : आज बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० सर्वसम्मतिले पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित भएको घोषणा गरे । बैठकमा नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । आज राष्ट्रिय सभा बैठकमा बोल्दै उनले

आर्मीलाई हराउँदै चर्च ब्वाइज आहा–रारा गोल्डकपको सेमिफाइनलमा

दार्चुला : राज भुषालको निर्णायक गोलमा चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमवार भएको तेस्रो क्वार्टरफाइनलमा साविक विजेता आर्मीलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । खेलको अन्तिम मिनेटमा नवीन लामाको कर्नरमा भुषालले हेडर गोल गर्दै टोलीलाई सेमिफाइनलको यात्रा तय गराउनुभयो । आर्मी प्रतियोगिताबाट बाहिरिएसँगै प्रतियोगिताबाट बाहिरिने चौँथो टोली बनेको छ । यसअघि उपाधि विजेता

हमासले मुक्त गरेका बन्धकका परिवार मारिएको खुलासा

एजेन्सी । प्यालेस्टेनी विद्रोही समुह हमासले गत शनिवार मुक्त गरेका एक इजरायली बन्धकको परिवार अक्टोबर ७ को आक्रमणमा मारिएको खुलासा भएको छ । इजरायलमा रहेका बेलायती नागरिक एली शाराबी सन् २०२३ को अक्टोबरमा हमासको कब्जामा परेका थिए । उनलाई हमासले गत आइतबार गाजाको देइर अल–बलाहमा ल्याएर छोडेको थियो । यद्दपी उनकी श्रीमती र दुई छोरीहरूलाई हमासका लडाकुहरुले एकसाथ अँगालो हाल्न लगाएर गोली हानी हत्या गरिएको अवस्थामा फेला पारिएको थियो ।

मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु 

दार्चुला : मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भएका अवस्थीको भारतमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।  भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  उद्यम

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण

दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न

नगरपालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकामा नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको छ । मंगलवार महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन तथा अभिमुखीकरण र अनौपचारिक शिक्षा तथा आजीवन सिकाईका निम्ति सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै नगरपालिकास्तरीय प्रारम्भिक बालविकास समिति गठन गरिएको हो । ‘गर्दै गरौ लगानी बाटो, कुलो, पुल, भवन, मन्दिरमा, थप गरौ लगानी प्रारम्भिक बालविकासमा´

महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ठगुन्नालाई

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नालाई दिइएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार महाकाली नगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतमा ठगुन्नालाई जिम्मेवारी दिएको हो । मन्त्रालयले यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गर्दै आएका अधिकृत छैटौं नर सिंह बडालको जिम्मेवारी रद्द गरेको थियो ।बरिस्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त भई कार्य प्रदान गरेको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी

महाकाली नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा महेन्द्र माविको कब्जा

दार्चुला : महाकाली नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय खलंगाले कब्जा जमाएको छ । महाकाली नगरपालिका–४ खलंगामा अवस्थित महेन्द्र माविले पछिल्लो तीन वर्ष लगातार उपाधि जित्दै राष्ट्रपति रनिङ शिल्ड कब्जा गरेको हो । शुक्रवार सम्पन्न पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २३ स्वर्ण, १२ रजत र १३ कास्य पदकसहित महेन्द्र मावि खंलगा प्रथम भयो । यस्तै प्रतियोगितामा ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित मालिकार्जुन नमुना मावि