समाजसेवी बमद्धारा विपन्न तथा अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग
दार्चुला : दुहुँ गाउँपालिका–३ सिमली बस्ने समाजसेवी बिरेन्द्र बहादुर बमले विपन्न तथा अनाथ बालबालिकालाई न्यायो कपडा सहयोग गरेका छन् । आइतवार समाजसेवी बमले एक कार्यक्रमका बीच दुहुँ गाउँपालिकाका विपन्न व्यक्ति र धारीस्थित अनाथालयमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । दुहुँ गाउँपालिकाका ५ वटै वडाका असहाय, विपन्न ४० जनालाई कम्बल र दुहुँ गाउँपालिका–४ धारीस्थित अनाथालयमा रहेका १४ जना बालबालिकालाई ट्याक सुट समाजसेवी बमले सहयोग गरेको दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति