दलनिकट संघसंगठनहरूले शैक्षिक क्षेत्रमा पारेको प्रभाव
लेख : शिक्षा क्षेत्र कुनै पनि राष्ट्रको समुन्नतिको आधार र मेरुदण्डको रूपमा लिइन्छ, र यसको प्रभावकारी र गुणस्तरिय व्यवस्थानले राज्य सञ्चालनको दक्षता निर्धारण गर्छ । तर, नेपालको सन्दर्भमा हेर्दा शिक्षा क्षेत्र गम्भीर संकटमा परेको छ, जसको मूल कारण राजनीतिक भागबण्डा र हस्तक्षेप हो । यस्तो हस्तक्षेप शिक्षामा संलग्न राजनीतिक रूपले आबद्ध शिक्षक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनहरूले निरन्तर गरिरहेको सक्रिय भूमिकासँग सम्बन्धित छ। यिनै संगठनहरू राजनीतिक दलको आडमा स्वार्थसिद्धिका लागि