विशेष

दार्चुला प्रशासनद्वारा ९३ लाख बढी राजस्व संकलन

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले ९३ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा ९३ लाख ३१ हजार २ सय २० रुपैयाँ राजस्व संकलन गरेको हो । राजस्व सबैभन्दा बढी राहदानी शूल्कबाट उठेको छ । राहदानी शुल्कबापत ८५ लाख ७ हजार ५ सय, न्यायिकदण्ड, जरिवाना र जफतबाट १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ, हातहहतियार इजाजतपत्र नविकरण दस्तुरबाट ४ लाख ४३ हजार ४ सय,

`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´

दार्चुला : जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञराज जोशीको अध्यक्षतामा मंगलवार बैठक बसेको हो । मनसुनजन्य वर्षातका कारण बाढी, पहिरो लगायतका घटनाबाट हालसम्म भएको क्षतिका सम्बन्धमा छलफल गर्न र थप क्षति हुन नदिनका लागि सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला विपद् पूर्व तयारी

एमाले जिल्ला कमिटि सदस्य कुँवर काँग्रेस प्रवेश

दार्चुला : नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सदस्य धनबहादुर कुँवर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०६३ सालदेखि एमालेमा सक्रिय कुँवर मंगलवार काँग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडूले खादा र माला लगाएर पार्टीमा स्वागत गरे । काँग्रेस प्रवेश गरेका कुँवरले एमालेमा अवसरबादी हावी भएको आरोप लगाएका छन् । साथै उनले काँग्रेसमा आफू नि:स्वार्थ रुपले प्रवेश गरेको बताउँदै आफ्नो प्रवेश फरक रहेको औल्याए ।

आफैले शिलान्यास गरेको मोटरेवल पुलको पूर्वमन्त्री बडूद्वारा स्थलगत अवलोकन

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले दार्चुलामा निर्माण भइरहेको नेपाल–भारत जोड्ने मोटरेवल पुलको अवलोकन गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको छारछुम जोड्ने मोटरेवल पुलको मंगलवार बिहान पूर्वमन्त्री बडूले स्थलगत अवलोकन गरेका हुन् । निर्माणाधिन पुलको पछिल्लो अवस्था र कार्यप्रगतिको बारेमा पूर्वमन्त्री बडूले कार्य क्षेत्रमा पुगेर अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । स्थलगत अनुगमनका क्रममा पूर्वमन्त्री बडूले पुल निर्माण कम्पनीका ईन्जिनियर

दार्चुला एमालेका नेताकार्यकर्ताको प्रधानमन्त्री ओलीलाई ८ बुद्धे मागसहितको ज्ञापनपत्र

दार्चुला : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दार्चुलाका एमाले नेताकार्यकर्ताले जिल्लाको विकासका लागि ८ बुद्धे ज्ञापनपत्र बुझाएका छन् । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले अध्यक्ष ओलीसंग सोमवार भेटेर ८ बुद्धे मागसहितको ज्ञापन बुझाएका हुन् । ओली प्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुलाको पार्टीको प्रतिनिधिमण्डलले भेटघाट गरि बधाई दिएको र समसामयिक विषयमा लिखित माग पेश गरिएको जनाएका छन् । उनीहरुले बुझाएको माग पत्रमा दार्चुला टिंकर

काँग्रेस दार्चुलाले गर्‍यो उपसभापति पदपूर्ति, भातृसंघहरु चलायमान बनाइने

दार्चुला : नेपाली काँग्रेस जिल्ला कार्य समिति दार्चुलाले रिक्त रहेको उपसभापति पदपूर्ति गरेको छ । दार्चुला काँग्रेसको साउन १२ गतेदेखि चलेको बिस्तारित बैठकले उपसभापति पद पूर्ति गरेको हो । नेपाली काँग्रेस जिल्ला कार्य समितिको उपसभापतिमा मानसिंह बुढाथोकीलाई मनोनित गरिएको सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए । १४ औँ महाधिवेशनबाट निर्वाचित भएका उपसभापति ललित सिंह ठगुन्ना पार्टि परित्याग गरी नेकपा माओवादी केन्द्रमा गएपछि उपसभापति पद रिक्त थियो । ४२ सदस्यीय जिल्ला

पूर्वमन्त्री बडूद्धारा कभर्ड हलको निरीक्षण

दार्चुला : जिल्ला सदरमुकाम खलंगामा रहेको जीर्ण कभर्डहलको पूर्वमन्त्री एवं दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले निरीक्षण गर्नुभएको छ । कभर्डहलको पुनः निर्माणका विषयमा सोमवार पूर्वमन्त्री बडूले अनुगमन निरीक्षण गर्नुभएको हो । खुलामन्चको छेउमा रहेको कभर्डहल २०७० सालमा महाकाली नदीमा आएको बाढीले आधा बगाएको थियो । सो वर्षबाट जीर्ण अवस्थामा उक्त कभर्ड हल छ । यसअघि पूर्वमन्त्री बडूले सांसद विकास कोष मार्फत भएपनि कभर्डहल पुनः निर्माणका लागि १

सरोकारवाला निकायले चाँसो नदेखाएपछि निर्माण व्यसायी संघले अवरुद्ध सडक खुलाउँदै

दार्चुला : सरोकारवाला निकायले अवरुद्ध सडक खुलाउन चाँसो नदेखाएपछि निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्षको पहलमा किम्तडीस्थित पिपलधारको पहिरो पन्छाउने कार्य भइरहेको छ । स्थानीय सरकार, सडक डिभिजन बैतडी र प्रशासनले सडक खुलाउन चाँसो नदिदा आफूले जेसीबी भाडामा लिएर दिउँसो ३ बजेबाट अवरुद्ध सडक खुलाउने कार्य गरिरहेको निर्माण व्यवसायी संघ दार्चुलाका अध्यक्ष सर्पराज बडूले बताए । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित भीरमा माथिबाट पहिरो खस्दा शनिबार बिहान १० बजेबाट सडक अवरुद्ध छ

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता

दार्चुला : दार्चुलामा एक महिलाले महाकाली नदीमा हाम फालेकी छन् । जिल्लाको महाकाली नगरपालिका-१ कोटकी अन्दाजी २१ वर्षीया धनिसा कुवरले हाम फालेकी हुन् । महाकाली नगरपालिका-४ रिङनतालदेखि नदीमा हाम फालेकी कुवर बेपत्ता भएकी छन् । उनको खोजी भइरहेको छ ।

खलंगामा एक विद्यार्थीमाथि कुटपिट

दार्चुला : दार्चुला सदरमुकाम खलंगामा एक विद्यार्थीमाथि कुटपिट भएको छ । एसइई तयारीको लागि सदरमुकाम खलंगा आएका मार्मा गाउँपालिका-४ का निलम ठगुन्नामाथि केहि केटाहरुको समूहले कुटपिट गरेको हो ।शनिवार दिउँसो महाकाली नगरपालिका–५ महादेव मन्दिर नजिक ठगुन्नामाथि कुटपिट भएको नागरिक समाज दार्चुलाका अध्यक्ष महेश भट्टले जानकारी दिए । चार/पाँच जनाको समूहले उनीमाथि कुटपिट गरेको उनले बताए । कुटपिट गरि उनीहरु फरार भएका छन् ।घाइते ठगुन्नालाई भट्टले जिल्ला अस्पताल दार्चुलामा लगेर उपचार