७४ वर्षमा नागरिकता
दार्चुला : दार्चुलाकी एक महिलाले ७४ वर्षमा नागरिकता प्राप्त गरेकी छन् । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ बस्ने गोवा देवी टमटाले ७४ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाको घरदैलो सेवा कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीमार्फत टमटालाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायव सुब्बा प्रेम खत्रीले जानकारी दिए । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीको सर्जमिन र उनका नाती बिमल राम