विशेष

‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन्। जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरु चुप लागेर नबस्ने बताएका हुन्। उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नुप¥यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनुपर्यो। कि सडेगलेको व्यवस्था स्वीकार्नु

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ। मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ। ३००० भन्दा

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२

दार्चुलाका डाक्टर अवस्थी गोकुले जाँदै गर्दा घाइते

दार्चुला । दार्चुला जिल्ला अस्पतालमा कार्यरत डाक्टर राजेश अवस्थी घाइते भएका छन्। उनी शुक्रबार दार्चुलाबाट गोकुलेश्वर जाने क्रममा सडकमाथिबाट आएको ढुङ्गा लागेर घाइते भएका हुन्। मालिकार्जुन गाउँपालिका–८ मा गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गर्दा सडकमाथिबाट आएको ढुङ्गा लागेर गाडीमा सवार रहेका डाक्टर अवस्थी घाइते भएको प्रहरीले जनाएको छ। उनको घाँटीमा चोट लागेको र थप उपचारकालागि डडेल्धुरा पुगाइएको प्रहरी बताएको छ।

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो। हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे। नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

काठमाडौं । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ। लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ। यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो। यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो। न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा

पाँच रात लगाएर खिचिएको थियो मुसाको बक्सिङ तस्बिर

बाटोमा दुई वटा मुसा खानाका लागि मानिस जस्तै गरी बक्सिङ खेलिरहेको तस्बिर बेलायतका साम रोली नामका एक फोटोग्राफरले कैद गरेका छन्। उक्त तस्बिर खिच्न उनले पाँच रात लगाएका थिए। त्यही तस्बिरका कारण रोलीले ‘वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड’ हात पारेका छन्। उनको त्यो तस्बिर लन्डनको नेचुरल हिस्ट्री म्युजियममा प्रदर्शनीको लागि राखिएको छ।

यी हुन् छाला स्वस्थ र सुन्दर बनाउने फलफूल

फलफूलले हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खानु र लगाउनु अनुहारको छालाका लागि फाइदाजनक छः किवी किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ। अनार अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोमछिद्र खुल्छन् र छाला चम्किलो बन्छ। केरा केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई

यी हुन् अमेरिकाकै धनीको सूचीमा परेका प्रविधि जगतका अर्वपतिहरु

विज्ञान तथा प्रविधिको क्षेत्रबाट आफ्नो भाग्य चम्काउन सफल अर्वपतिहरुले यो वर्षपनि अमेरिकाका सबैभन्दा धनी ४ सय मान्छेको सूचिमा आफुहरुलाई अब्बल सावित गरेका छन् । फोब्र्सले सार्वजनिक गरेको अमेरिकाका सबैभन्दा धनी ४ सय व्यक्तिको सूचि The Forbes 400 मा प्रविधि उद्योगका हस्तीहरुको बोलवाला रहेको छ । अमेरिकाका सबैभन्दा धनी चार धनाढ्य मध्ये ३ जना त प्रविधि क्षेत्रकै छन् । त्यस्तै कुल ४ सय जनामा ५९ जना प्रविधि क्षेत्रका रहेका छन् ।

ZTE ले ल्यायो पट्याउन मिल्ने स्क्रिन भएको विश्वकै पहिलो स्मार्टफोन

एप्पल र सामसुङलाई माथ दिँदै चिनिया अग्रणी स्मार्टफोन कम्पनी जेड टी इ ले स्मार्टफोन उद्योगमा इतिहास रचेको छ । पहिलोपटक पट्याउन मिल्ने स्क्रिन भएको स्मार्टफोन निर्माण गरी उसले स्मार्टफोन जगतमा नयाँ अध्यायको सुरुवात गरेको छ । जेडटिइले Axon M नामको डुअल स्क्रिनवाला फोल्डेबल स्मार्टफोन मंगलबार अमेरिकामा सार्वजनिक गरेको हो । मंगलबार सार्वजनिक यो स्मार्टफोनमा ५.२ इन्चका दुईवटा स्क्रिन रहेका छन् । यी स्क्रिनलाई फोल्ड गरेर फोनलाई सामान्य साइजको बनाउन सकिन्छ