कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशकै सर्वोत्कृष्ट
दार्चुला : कार्य सम्पादनमा जिल्ला प्रहरी कार्यालय दार्चुला सुदूरपश्चिम प्रदेशमा सर्वोत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले मातहतका कार्यालय प्रमुखहरु बीच आर्थिक वर्ष २०८१÷०८२ मा गरेको कार्य सम्पादन सम्झौता बमोजिम जिल्ला प्रहरी कार्यालय दार्चुला प्रदेशमा सर्वोत्कृष्ट भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर विकले शुक्रवार भौतिक तथा भर्चुअल माध्यमबाट एक वर्षको कार्य सम्पादन प्रगति समीक्षा कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा प्रदेश अन्तरगतका प्रहरी








