शिक्षा

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

दार्चुला : काठमाडौँ केन्द्रीत शिक्षकहरुको आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । नयाँ शैक्षिक सत्रको बैशाख २ गतेदेखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान रहेको भएपनि शिक्षक तथा विद्यालय कर्मचारीहरुको आन्दोलनले भर्ना अभियान प्रभावित भएको हो । दार्चुलामा पनि शिक्षक आन्दोलनका कारण भर्ना अभियान प्रभावित बनेको छ । जिल्लाको महेन्द्र मावि खलंगा, मालिकाकार्जुन मावि धाप, शैल्यशिखर नगरपालिकाको पशुपति भवन मावि ग्वानी, लेकम गाउँपालिकाको लटिनाथ मावि चौपाता, अपिहिमाल गाउँपालिकाको डाडाबाग आवि

ब्याँस गाउँपालिका–३ को अपिल : बालबालिकालाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गरिदिनुस्

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ३ ले वडाका विद्यार्थीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेको छ । मंगलवार वडा अध्यक्ष उपेन्द्र सिंह धामीले एक सूचना जारी गर्दै वडाभित्रका अभिभावकलाई आफ्ना छोराछोरीलाई वडाकै सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल गरेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियान पनि प्रारम्भ भएको छ । ‘वडा नम्बर ३ स्थायी ठेगाना भई आफ्ना बालबालिकाहरुलाई यस वडाका विद्यालयभन्दा बाहिर भर्ना गरि अध्ययन

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच छलफल जारी

काठमाडौँ : आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच छलफल सुरु भएको छ । सिंहदरबार परिसरमा महासंघका प्रतिनिधिहरूसँग मन्त्रालयले छलफल सुरु गरेको हो । शिक्षा मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालका अनुसार छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव दीपक काफ्ले सहित ४ जना र महासंघका तर्फबाट सहअध्यक्ष नानुमाया पराजुलीसहित ४ जना सहभागी छन् । छलफलले शिक्षकको आन्दोलन र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने कुराको निर्क्यौल हुने सूचना अधिकारी ढकालले बताए ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका बडू निर्वाचित, उनको प्यानलै विजयी

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका प्रकाश बडू निर्वाचित भएका छन् । बडूले २२२ मत ल्याएर स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका खडक सिंह ठगुन्नाले १९१ मत ल्याए । यस्तै अध्यक्षका स्वतन्त्र उम्मेद्वार अनिल चन्द्र जोशीले २० मत पाए । यस्तै सचिवमा अखिल क्रान्तिकारीका लाल सिंह महर २१८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी अनेरास्ववियुका दिपु सिंह महताले २१५ मत

अपिहिमालमा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि प्रधानाध्यापकलाई तालिम

दार्चुला : अपिहिमाल गाउँपालिकामा विद्यालयका प्रधानाध्यापकहरुका लागि तालिम सञ्चालन गरिएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका निम्ति तालिम सञ्चालन गरिएको हो । एकिकृत विद्यालय दिवाखाजा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाई कार्यक्रममा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनका लागि अपिहिमाल गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको सामुदायिक ग्रामिण विकास समाज नेपाल (सिआरडीएस) दार्चुलाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए । आइतवार एक

मालिकार्जुनमा परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाले परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरेको छ । पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षा सकिएको एक दिनमै नतिजा सार्वजनिक गरिएको हो । फागुन २५ गतेबाट सञ्चालन भई चैत ४ गते सम्पन्न भएको पालिकास्तरीय आधारभूत तह कक्षा ८ को परीक्षाफल प्रकाशन गरिएको मालिकार्जुन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लोकन्द्र सिंह धामीले जानकारी दिए । मालिकार्जुन गाउँपालिकामा १४ वटा विद्यालयका ३ सय २८

हत्या गरि फरार रहेका बैतडीका विष्ट दार्चुलाको दत्तुबाट पक्राउ

दार्चुला : बन्दुकको गोलीले भाईको हत्या गरि फरार रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ४५ वर्षीय कर्ण बहादुर विष्टलाई दार्चुलाबाट प्रहरीले पक्राउ गरेको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुबाट विष्टलाई शुक्रवार दिउँसो पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलिले भारत संग सीमा जोडिएको दत्तुबाट फरार विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।गत शनिवार भाई

एसइई तयारी : दार्चुलाको दुहुँका २ विद्यालयमा `२४ सै घण्टा´ पठनपाठन

दार्चुला : एसइई परीक्षाको नतिजा वर्षेनी खस्किदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला दार्चुलाको दुहुँ गाउँपालिकाका दुई विद्यालयले विद्यार्थीलाई २४ सै घण्टा विद्यालयमा राखेर पठनपाठन गरिरहेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीस्वरुप विद्यालयहरुले आवासीय सुविधासहित विद्यालयमै राखेर पठनपाठन गरिरहेका हुन् । दुहुँ गाउँपालिका वडा नम्बर ४ स्थित धारीपाटा मावि धारी र वडा नम्बर ३ को गणेश मावि सिमलीले २४ सै घण्टा विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाएको हो । २४

नेपाल राष्ट्रिय कर्मचारी संगठन दार्चुलाद्वारा विद्यालयलाई शैक्षिक सामग्री सहयोग

दार्चुला : नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) दार्चुलाले विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । महाकाली नगरपालिका-८ स्थित हरिनाथ आधारभूत विद्यालय डाँडालाई शैक्षिक सामग्री सहयोग गरिएको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) जिल्ला कार्य समिती दार्चुलाका अध्यक्ष जनक सिंह बोहराले सोमवार एक कार्यक्रमका बीच विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हरिनाथ आवि डाँडाका प्रधानाध्यापक धनी दत्त भट्टले जानकारी दिए । विद्यालयलाई शैक्षिक सामग्रीअन्तर्गत कापी २० थान, कलम ३० थान, डायरी

अनेरास्ववियुको जिल्लाभरी प्रतिभा पहिचान र विद्यार्थी जाँगरण अभियान

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले तीन महिना जिल्लाभरी प्रतिभा पहिचान र विद्यार्थी जाँगरण अभियान सञ्चालन गरेको छ । गत मंसिर महिनादेखि सुरु गरिएको दुहुँ–लेकम–मार्मा विद्यार्थी जाँगरण तथा प्रतिभा पहिचान अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका विद्यालयमा अनेरास्ववियुले कार्यक्रम गरेको हो । विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यअनुरुप जिल्लाका ६१ विद्यालयका विद्यार्थीमाँझ कार्यक्रम गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अभियानको पहिलो चरणअन्तर्गत ‘सामाजिक सञ्जालको