सेवा निवृत शिक्षकलाई महाकाली नगरपालिकाको सम्मान
दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाले सेवा निवृत शिक्षकहरुलाई सम्मान गरेको छ । लामो समय शिक्षण पेसा गरी सेवा निवृत हुनुभएका महाकाली नगरपालिकाका विद्यालयमा कार्यरत चार जना शिक्षकलाई सम्मान गरिएको महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हेमराज जोशीले जानकारी दिए । लामो समयदेखि शिक्षण पेसामा रही चालू आर्थिक वर्षको साउन देखि असोज महिनासम्म सेवा निवृत हुनु भएका महाकाली नगरपालिकाका शिक्षकलाई दोसल्ला र कदर पत्रले सम्मानित गरिएको उनले बताए ।