अपिहिमालको खण्डेश्वरी माविका छात्राहरुमा रुने, कराउने समस्या
दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–४ स्थितको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्न थालेको छ । केहि दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण राज जोशीले जानकारी दिए । प्राथनाका बेला छात्राहरु बेहोस हुने, चिच्याउने गर्न थालेका छन् । जसले गर्दा पठनपाठन अवरुद्ध हुने अवस्था सृजना भएको उनले बताए । एक जनाले रुन, कराउन थालेपछि बिस्तारै अन्य छात्राहरूमा पनि सोही समस्या हुने गरेको