दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द
दार्चुला । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए। अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई