सन नेपाल लाईफको वार्षिकोत्सवमा अनाथ छात्रावासलाई खाद्यान्न सहयोग
दार्चुला : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसरमा दार्चुलामा खाद्यान्न सहयोग गरिएको छ । `समुदाय सँगसँगै कदम उठाउँदै´ भन्ने मूल नाराका साथ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा दार्चुलाले वार्षिकोत्सवका अवसरमा आइतवार महेन्द्र नमुना माविको छात्रावासलाई खाद्यान्न सहयोग गरेको हो । छात्रावासका लागि ५२ किलोग्राम चामल, ५ लिटर तेल, दालमा चना, मल्का र मास ३/३ किलोग्राम र मसला पनि वितरण गरिएको सन नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा