समाचार

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र न्यानो लुगा वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले महाकाली नगरपालिका–५ स्थित छात्रावासका अनाथ बालबालिकाहरुलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रावासका अनाथ बालबालिकालाई खाद्यान्नका साथै न्यानो कपडा वितरण गरिएको हो । छात्रावासमा रहेका अनाथ १९ बालबालिकालाई न्यानो कपडा (हुडी) र उनीहरुका लागि चाहने खाद्यान्नका सामान वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । शनिवार एक कार्यक्रमका बीच

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिरामीलाई फलफूल वितरण

दार्चुला : दार्चुला भन्सार कार्यालयले ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलामा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । जिल्ला अस्पताल दार्चुलाका २२ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए । दार्चुला भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विविध कार्यक्रम गरि दिवस मनाइरहेको छ ।

ठड्याभीरमा काम गरिरहेको जेसीबी पहिरो खस्दा पुरियो, चालक घाइते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पुरिएको छ । शुक्रवार बिहान ५ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खसेको हो । पहिरोले एक्साभेटर पुरिदा चालक जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका-११ घर भएका वर्ष २६ का रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्याएका छन् । प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर

महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बडालको जिम्मेवारी रद्ध

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नर सिंह बडालको जिम्मेवारी खोसिएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधवारको निर्णयले उनको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो । मन्त्रालयले बिहीवार पत्राचार तथा सूचना जारी गर्दै निमित्त भई कार्य प्रदान गरिएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरिएको जनाएको छ । बडाल २०८० चैत २८ गतेदेखि महाकाली नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर कार्य गर्दै आइरहेका थिए

भारतमा स्थानीय निकाय सामान्य चुनाव : खलंगा सीमा पुल तीन दिन बन्द हुने

दार्चुला : २३ जनवरीमा हुने भारतको स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल तीन दिन बन्द हुने भएको छ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल-भारत जोड्ने दार्चुलाको खलंगा झोलुङ्गे पुल तीन दिन बन्द हुन लागेको हो । मंगलवार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै भारत पिथौरागढ जिल्लाको धारचुला तहशिलअन्तर्गत स्थानीय निकाय सामान्य निर्वाचनका लागि सीमा पुल बन्द गरिन लागेको जनाएको छ। प्रशासनका अनुसार खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुल

समाजसेवी बमद्धारा विपन्न तथा अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग

दार्चुला : दुहुँ गाउँपालिका–३ सिमली बस्ने समाजसेवी बिरेन्द्र बहादुर बमले विपन्न तथा अनाथ बालबालिकालाई न्यायो कपडा सहयोग गरेका छन् । आइतवार समाजसेवी बमले एक कार्यक्रमका बीच दुहुँ गाउँपालिकाका विपन्न व्यक्ति र धारीस्थित अनाथालयमा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । दुहुँ गाउँपालिकाका ५ वटै वडाका असहाय, विपन्न ४० जनालाई कम्बल र दुहुँ गाउँपालिका–४ धारीस्थित अनाथालयमा रहेका १४ जना बालबालिकालाई ट्याक सुट समाजसेवी बमले सहयोग गरेको दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ति

सशस्त्र प्रहरीद्धारा रक्तदान कार्यक्रम र सीमामा लागूऔषध बारेको सडक नाटक प्रदर्शन

दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । २४ औँ सशस्त्र प्रहरी दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दै आइरहेको सशस्त्र प्रहरीले शुक्रवार रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । रक्तदान कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटरका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक हर्क राज पन्त र प्रहरी जवान पुनेश चुनाराले रक्तदान गरेका छन् । जिल्ला अस्पताल दार्चुलामा रगतको आवश्यकता धेरै हुने

दार्चुलामा बस र जीप एक आपसमा ठोक्किए, सामान्य क्षति, यात्रु सकुशल

दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । बिहिवार बिहान साढे ९ बजेतिर जिल्लाको मालिकार्जुन गाउँपालिका-८ थकतोलीमा महेन्द्रनगरबाट दार्चुलातर्फ आउँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र दार्चुलाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज १११० नम्बरको जीप एक आपसमा ठोक्किएका हुन् । बस आरोलामा चिप्लिन गइ बिपरित दिशाबाट आइरहेको जीप सङ्ग जुघिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीपको अगाडी पट्टिको भागमा

अपिहिमालमा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

दार्चुला : दार्चुलामा सुत्केरी ब्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-१ की २५ वर्षीया द्रोपति जागरीको मंगलवार राती मृत्यु भएको हो ।सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय कमान सिह धामीले जानकारी दिए । आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहदा एक्कासी बेहोस भएर उनको ज्यान गएको धामीले बताए । जागरीका यसअघि एक छोरी छिन्

भूमि आयोग दार्चुलाको अध्यक्षमा धामी

राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा लाल सिंह धामी नियुक्त भएका छन् । धामी पुःन भूमि समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा नियुक्त भएका हुन् । सोमवार ७१ जिल्लामा अध्यक्ष नियुक्त गरिएको छ । भूमि व्यवस्था मन्त्रालयले आयोगका अध्यक्षहरुको नियुक्ति गरेको हो । सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस बीच भागबन्डा भएको छ । यस्तै बैतडीमा रमेश दत्त पाण्डेय,