स्थानीय

भूमी समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुको पदभार ग्रहण

दार्चुला : भूमि समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधवार भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले एक कार्यक्रमका बीच सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त विज्ञ सदस्य संगिता बम, महिला सदस्य कमला विष्ट र सदस्य नारायण दत्त भट्टलाई सपथ ग्रहण गराइएको हो । माघ २५ गते उनीहरु नियुक्त गरिएका थिए । सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका सदस्य खडक सिंह धामी,

‘जनयुद्ध’ दिवसमा दार्चुलाको नौगाडमा आज सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बिहीवार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।

दुहुँ गाउँपालिकाको ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । पालिकाको विशेष अनुदान अन्तरगत ३५ लाख बजेटबाट वडा नम्बर ३ को कार्यालयसम्म सडक निर्माण गरिएको हो । चालू आर्थिक वर्षको विशेष अनुदान ३५ लाख बजेटबाट महाकाली कोरिडोर सडकको सल्याडीमोडबाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको गाउँपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ३ का अध्यक्ष देव बहादुर बमले जानकारी दिए । ५ वडा रहेको

ऐतिहासिक जोलजिबी मेला महोत्सवको उद्घाटन

दार्चुला : मालिकार्जुन गाउँपालिका–७ मा लाग्ने ऐतिहासिक जोलजिबी मेलाको उद्घाटन गरिएको छ । ऐतिहासिक जोलजिबी मेला महोत्सवको एक औपचारिक कार्यक्रमका बीच शनिवार पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडूले उद्घाटन गर्नुभएको हो । ‘ऐतिहासिक जोलजिबी मेला हाम्रो शान, कला संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको मेला महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य बडूले परापूर्व कालदेखि हुँदै आएको जोलजिबी मेला विशुद्ध व्यापारीक र साँस्कृतिक मेला भएको

जगतपुरी शिवधाममा कोटिहोम महायज्ञको अवसरमा गरियो त्रिपुरेश्वर महादेव स्थापना

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा रहेको जगतपुरी शिवधाममा सोमवार रुद्राभिषेक ग्रहशान्ति र त्रिपुरेश्वर महादेव स्थापना गरिएको छ | कार्तिक १ गतेबाट विश्व शान्ति, राष्ट्र शान्ति र पितृशान्तिको कामना गर्दै शुभारम्भ गरिएको कोटिहोम महायज्ञमा दैनिक बिहान/बेलुका राष्ट्रिय पण्डित श्री केशब राज ओझाको मुखारबिन्दुबाट प्रवचनका साथै आरती भजन कृतन, पुराण बाचन गरि रहेको जगतपुरी शिवधाम कोटिहोम महायज्ञ व्यवस्थापन समिति सचिव किशोर राज बिष्टले जानकारी दिए | कात्तिक २१ गते समापन गरिने

योजनाको प्रभावकारी कार्यान्वयन लागि प्राविधिक टोलीसहित पूर्वमन्त्री बडू जिल्ला भ्रमणमा

दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू यतिबेला आफ्नो पहलमा दार्चुलाको विभिन्न क्षेत्रमा समावेश गरिएका योजना, विनियोजित बजेटको तदारुकताका साथ कार्यान्वयनको लागि स्थलगत अध्ययन र स्थानीय सरोकारवाला संग छलफलको लागि प्राविधिक टोलीसहित जिल्ला भ्रमणमा छन् । बुधवार मात्रै पूर्वमन्त्री बडूले उकु–लाली–शेरा सडक खण्ड अन्तर्गतको बाँकुस्थित कुर्ज्यानी भीरको स्थलगत अवलोकन गरेका छन् । बजेट अभावका कारण तीव्र गतिमा काम हुन नसकिरहेको मालिकार्जुन गाउँपालिका–६ स्थित सडक खण्डको

असोज २६ गतेदेखि हराइरहेका धामी मृत फेला

दार्चुला : दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–५ भिडका अन्दाजी ५० वर्षीय अकबिर सिंह धामी बिहीवार साँझ मृत अवस्थामा फेला परेका हुन् । असोज २६ गते घरबाट नौगाड गाउँपालिका–४ सिप्टी जान्छु भनी हिडेका धामी दोस्रो दिन पनि घर नआए खोजी गरिएको थियो । खोजी गर्दै जाँदा घरबाट करिब ५ सय मिटर टाढा मृत अवस्थामा बिहीवार फेला परेको आफन्तले बताएका छन् । उनी बाटो भन्दा १००

प्रहरी दिवसमा प्रहरी निरीक्षक रावतसहित ५ प्रहरी सम्मानित

दार्चुला : प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित ५ प्रहरी सम्मानित भएका छन् । उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जना प्रहरी कर्मचारी ६९ औँ प्रहरी दिवसको अवसरमा एक समारोहका बीच सम्मानित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक केशव

महाकाली र समैजि महिला सशक्तीकरण केन्द्रले मनाए वार्षिकोत्सव

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–९ र मालिकार्जुन गाउँपालिका–७ स्थितका महाकाली महिला सशक्तिकरण केन्द्र र समैजि महिला सशक्तिकरण केन्द्रले आफ्नो वार्षिकोत्सव मनाएका छन् । विविध कार्यक्रमका साथ वार्षिक साधारण सभाको आयोजना गरिएको हो । सीडाको आर्थिक सहयोग, अक्सफाम नेपालको प्राविधिक सहयोग तथा सीआरडीएस नेपालद्धारा संचालित ट्रोसा दोस्रो परियोजना अन्तर्गत गठन भएका उक्त महिला सशक्तीकरण केन्द्रहरुले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको ट्रोसा परियोजनाका फिल्ड सुपरभाइजर लिला चैसिर धामीले जानकारी दिए । असोज