अनेरास्ववियुद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
दार्चुला : दशैँ, तिहार तथा छठ पर्वको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दार्चुलाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।अनेरास्ववियु जिल्ला कमिटि अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षता तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा आइतवार कार्यक्रम गरिएको हो । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य प्रेम सिंह धामी, हिरा सिंह धामी, उमेश सिंह