स्थानीय

बाख्रा चराउन गएका रामशरणको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ तल्लो दुम्लिङ बस्ने रामशरण साही बिहारीको मृत्यु भएको हो । रामशरणको व्याँस गाउँपालिका वडा नम्बर २ स्थित दुदिवन क्षेत्रमा भेडाबाख्रा चराउन गएका बेला भीरबाट लडेर मृत्यु भएको बताइएको छ । उनको शव स्थानीयले आइतबार मात्रै देखेका हुन् ।

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

दार्चुला : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ गतेसम्म खोल्ने जानकारी दिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने हुदाँ सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्याँस गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका

दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एकको मृत्यु

दार्चुला : दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार बिहान १० बजेतिर नौगाड गाउँपालिका–१ लक्सेरीका ५३ वर्षीय जय सिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक चलाउँदा धङ्केको गोली लागी मृत्यु भएको हो ।धङ्केको टाउँकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको

भत्ता नपाइने भन्ने हल्लाले राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, जेष्ठ नागरिकलाई सास्ती

दार्चुला : राष्ट्रिय परिचय पत्र नबनाए आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाईने भन्ने हल्लाले यतिबेला जिल्ला प्रशासन कार्यालय दार्चुलामा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड थेगी नसक्नु छ । बिगत दुई हप्ता बढी समयदेखि सयौँको संख्यामा जेष्ठ नागरिकहरुको प्रशासनमा भीड लाग्ने गरेको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।पहिलो चरणमा दार्चुला जिल्ला नपरे

दार्चुला केन्द्रबिन्दु भएर आयो ३.४ म्याग्निच्युडको भूकम्प

दार्चुला । दार्चुलामा भूकम्प गएको छ। आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो। पश्चिमका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ।

दार्चुलाका एक पुरुष मृत अवस्थामा फेला

काठमाडौं । दार्चुलाका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। लेकम गाउँपालिका–१ बित्थडका ५५ वर्षीय तिखुरे खत्री बैतडीको डिलाशैनी गाउँपालिका–६ बाङ्गाबगरस्थित् सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

दार्चुलामा यार्सा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो । अपिहिमाल गाउँपालिका-३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार कार्कीको मृत्यु भएको अपिहिमालका स्थानीय शोवन सिंह लोथ्यालले जानकारी दिए । यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।