राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट दार्चुलाकी देवल सम्मानित
दार्चुला : दार्चुलाकी महिला उद्यमी तारा देवल राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित भएकी छन् । सुदूरपश्चिम प्रदेशबाट महिला उद्यमशीलतामा योगदान गरेकोमा उनी सम्मानित भएकी हुन् । बुधवार काठमाडौँमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले एक कार्यक्रमका बीच देवललाई सम्मान गरे । छैटौँ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसरमा १ लाख नगदसहित सम्मानित गरिएको हो । दार्चुलामा एभिरिल बेवी सप एण्ड डिजाइनिङ कर्नर खोली महिला उद्यमका क्षेत्रमा