खेलकुद

टी-२० विश्वकप: आज ३ खेल हुँदै, नेपाल र नेदरल्याण्डपनि भिड्दै

काठमाडौँ। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन्। आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबीच हुँदैछ। गुयानास्थित प्रोभीडेन्स स्टेडियममा नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ। त्यस्तै, आज दोस्रो खेल समूह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुँदैछ। बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि सुरू हुने छ। यस्तै, आज तेस्रो खेल समूह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसबीच हुने छ।

आजदेखि टी–२० विश्वकप क्रिकेट

काठमाडौं । आइसीसी टी-२० विश्वकप आजदेखि सुरू हुँदैछ। जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन्। यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन्। आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुँदैछ। डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि सुरू हुनेछ। त्यस्तै, दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन्। गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज

दार्चुलाका ब्याडमिन्टन खेलाडी प्रिन्स श्रीलङ्का जाने

काठमाडौं । पेरिस ओलम्पिकको तयारीका लागि ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलङ्काको कोलोम्बो प्रस्थान गर्ने भएका छन्। प्रिन्स कोलोम्बोमा राइजिङ स्टार्स ब्याडमिन्टन एकेडेमीमा २० दिन प्रशिक्षणमा रहनेछन्। उनको प्रशिक्षण यही जेठ २० गतेदेखि सुरु हुनेछ। प्रिन्ससँगै ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जन पनि श्रीलङ्का जानेछन्। उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे। सदस्य–सचिव घिसिङले नेपाल ब्याडमिन्टन सङ्घलाई प्रिन्सको ओलम्पिक यात्रासम्मको

सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतीसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन्

बक्सिङमा नेपालकी अन्जनी तेली प्रि–क्वाटरफाइनलमा

काठमाडौं । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोश्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन्। थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५–० ले पराजित गरिन्। नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन्। सो खेल शनिबार हुनेछ।

राखेपद्वारा आठ खेलाडी पुरस्कृत

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ। एथलेटिक्स र शारीरिक सुगठनका समान ३–३ तथा मुवाँथाई र उसुका समान १–१ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरियो। एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए। सन्तोषीले बंगलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६ औं एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ। मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ। ३००० भन्दा

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो। हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे। नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २

एग्युरोको कीर्तिमानी गोलसँगै सिटी नकआउट चरणमा

१६ कात्तिक, काठमाडौं । सर्जिओ एग्युरो क्लबको सर्वाधिक गोलकर्ता बन्दा म्यानचेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर सिटीले नापोलीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा भएको खेलमा नोपालीले २१ औं मिनेटमा इन्सिन्एको गोलबाट अग्रता लिएको थियो । तर, ३४ औं मिनेटमा सिटीका ओटामेन्डीले बराबरी गोल गरे । दोस्रो हाफमा सिटी हावी भयो । ४८ औं मिनेटमा स्टोन्सले गोल गरे

ठाउँ–ठाउँमा मण्डला

कार्तिक ७, २०७४-पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ । ‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ