विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइयो
दार्चुला : दार्चुलामा पनि विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको छ । १७ औँ गणतन्त्र दिवस दार्चुलामा रक्तदान, वृक्षारोपण जस्ता कार्यक्रम गरी मनाइएको हो । जिल्ला समन्वय समिति दार्चुलाको आयोजना र महाकाली नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार जिल्ला सदरमुकाम खलंगाको खुलामञ्चमा भेला भई र्यालीसहित जिल्ला अस्पताल पुगेर रक्तदान गरिएको थियो । त्यसपश्चात डिभिजन वन कार्यालयको सहकार्यमा जिल्ला प्रहरी कार्यालय परिषर पछाडी वृक्षारोपण गरिएको थियो । दिवसको अवसरमा महाकाली नगरपालिकाका विभिन्न स्थानमा