सुदूरपश्चिम सरकारले यस आर्थिक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न सकेन
दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब